चैत्र २५ गतेदेखि ७ दिनसम्म खोप

टाइफाइटविरुद्ध भद्रपुरका १७ हजार बालबालिकालाई खोप लगाइने

 

 

 

 

भद्रपुर । टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ ।

स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्र्तक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्र्तगत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो ।

१५ महिना देखि १५ वर्षसम्म उमेर समूहका १७ हजार ९ सय १६ जना बालबालिका भद्रपुर नगरपालिका भित्र रहेको जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले खोप लगाउन सवै पक्षको सहयोग औंल्याएका थिए ।

स्वास्थ्य नीरीक्षक तथा फोकल पर्सन मनोज भट्टराइले सहजीकरण गर्दै अन्य उमेर समूहमा भन्दा १५ महिनादेखि १५ वर्षसम्मका समूहका व्यक्तिहरूलाई रोगको सङ्क्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूहले खोप लगाउनै पर्ने प्रष्ट पारेका थिए । विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई निर्धारित खोप केन्द्रमा यो सेवा उपलब्ध हुने पनि उनले बताए  ।

उनका अनुसार दुई सयभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई नजिकको केन्द्रमा खोप लगाउने प्रबन्ध मिलाइएको छ भने सो भन्दा बढी विद्यार्थी रहने विद्यालयमै खोप केन्द्रका रूपमा चैत्र २५ गतेदेखि ७ दिनसम्म खोप लगाइने छ । खोप लगाएपछि केही शारीरिक प्रतिक्रिया आउन सक्ने भए पनि कुनै क्षति नहुने हुँदा नडराउन समेत भट्टराईले आग्रह गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर