ताप्लेजुङमा जसपाले गर्‍यो उम्मेदवार घोषणा

 

 

 

ताप्लेजुङ — जनता समाजवादी पार्टी(जसपा)ले ताप्लेजुङमा उम्मेद्वार घोषणा गरेको छ । फुङलिङ नगरपालिकासहित फक्ताङलुङ, मिक्वाखोला, पाथीभरा याङवरक र सिदिङवा गाउँपालिकामा उम्मेद्वार घोषणा गरेको हो ।

जसपाले फुङलिङ नगरपालिकाको मेयरमा प्रदीप मादेन र प्रज्ञा इजमलाई उपमेयरमा उठाउने भएको छ । पार्टी अध्यक्ष कीर्तिमान मादेनका अनुसार फक्ताङलुङको अध्यक्षमा श्री लिंखिम, मिक्वाखोलामा डिल्लीहाङ साँवा, पाथीभरा याङवरकमा सरन तामाङ र सिदिङवाको अध्यक्षमा अमृत लिङदेनलाई उम्मेदवार बनाइएको छ । गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार चयन गर्ने क्रममा रहेको अध्यक्ष मादेनले वताए ।

फुङलिङ नगरपालिकाका २ वडाबाहेक सबै वडामा पनि जसपाले उम्मेदवारको टुंगो लगाएको छ । वडा नम्बर १ मा सुकवहादुर मादेन, २ मा दुर्गाप्रसाद न्यौपाने, ३ मा इन्द्रकुमारी हेल्लोक पालुङवा, ४ मा लोकेन्द्र तुम्वाहाम्फे, ५ मा अशोक बिश्वकर्मा, ६ मा भरत कुमार गुरुङ, ७ मा कर्ण पालुङवा ९ मा दिपेश मादेन र १० मा श्रीहाङ तवेवुङको नाम सार्वजनिक गरिएको छ ।

फक्ताङलुङ २ मा शुरेश अङछङवो, ४ मा डम्बर लावुङ, ५ मा मकरध्वज लिम्बू, ६ मा केदारजंग ताप्मादेन वडाध्यक्षको उम्मेदवार बनाइएको छ ।

मिक्वाखोला–२ मा डिल्ली हाङ साँवा, ४ मा गोपाल साँवा र पाथीभरा याङवरक ३ मा सरोज कङलिवा लिम्बू उम्मेद्वार रहेका छन् । सर्वसम्मत भएका नामहरू सार्वजनिक गरिएको र विवाद भएको वडामा मिलाउने प्रयास भइरहेको मादेनले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी