झोला उत्पादनका लागि उद्योग स्थापना

इलाममा प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन

 

 

 

प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेको हो । इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि  विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले  यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ ।

रु ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकामा  उक्त समूहले रु दुई  लाख ४६ हजार र  गाउँपालिको रु दुई लाख एक हजार व्यहोरेको समूहका कोषाध्यक्ष किरण राउतले बताए । यस्ता  झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग गर्ने उनको भनाइ थियो ।

उक्त समूहले यसअघि गाउँमै साना उद्योग स्थापना गरी अगरबत्ती उत्पादन गर्दै आएको छ । उत्पादित अगरबत्ती कुटिडाँडा, कोल्बुङ, हर्कटे तथा आसपासको क्षेत्रमा बिक्री हुँदै आएको अध्यक्ष राम खवासले बताए । पाथीभरा मन्दिर आसपासमा ब्यापार गर्ने ब्यपारी सङ्गठित भइ स्थापना गरिएको सो समूहले समूदायमा सचेतनामूलक  कामसमेत गर्दै आएको स्थानीय पत्रकार गणेश अर्यालले बताए ।

यसैगरी समूहले पाथीभरा मन्दिर सफा गर्नाका साथै  विपतमा  परेकाहरूलाई सहयोग समेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौलाको भनाइ थियो  । उत्पादित  झोला ब्यावसायिक रूपमा बजारमा ल्याइने र यसबाट ब्यापारी तथा ब्यवसायीलाई समेत सहज हुने अनुमान गरिएको छ । सामान खरिद तथा बिक्रीका लागि यो झोलाको माग बढ्न थालेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप

वर्तमान सरकारको नीति जनविरोधी र श्रमिकमारा छः कुलमान घिसिङ

रामेछाप,१३ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाउनु भएको छ । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा

तीन विश्वविद्यालयको उपकुलपति चयनका लागि अन्तर्वार्ता सुरु

काठमाडौं,१३ असार । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी