सांसद खत्रीको प्रश्न ? निर्माण भइसकेको संरचना किन रोकियो

काठमाडौं,२ भदौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको १७ तले भवनको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे सरकारले तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खत्रीले भक्तपुर घुम्न जाने जोकोहीले दरबार स्क्वायर पुग्नुअघि राधेराधे चोकमा वर्षौँदेखि खण्डहरजस्तै बनेर उभिएको उक्त भवन देख्ने गरेको बताउनु भयो।

करिब दुई दशकअघि व्यापारिक केन्द्र र रोजगारीको ठूलो सम्भावना बोकेको उक्त परियोजनाको मुख्य संरचना निर्माण भइसकेपछि किन रोकियो भन्ने प्रश्न अझै अनुत्तरित रहेको उहाँले बताउनु भयो।

उनले भने, ‘भक्तपुर घुम्न जाँदा दरबार स्क्वायर भन्दा पहिला जोकोहीले राधे राधे चोकमा वर्षौँदेखि खण्डहर बनेर मौन उभिएको भवन देख्नुहुन्छ । निर्माणकै क्रममा रोकिएको उक्त १७ तले विशाल भवनले सबैलाई चकित बनाउँछ । कुरूप दृश्यले धेरैको ध्यान तान्छ, गिज्याउँछ । दुई दशकअघि व्यापारिक केन्द्र र रोजगारीको ठूलो सम्भावना बोकेको यो परियोजना मुख्य संरचना बनेपछि किन रोकियो भन्ने प्रश्न आजसम्म अनुत्तरित छ। परियोजना कानूनी प्रक्रियामा छ भने त्यसको अवस्था के हो, निर्माण रोकिएको कारण के हो, लगानीकर्ता र साझेदार को हुन, यसको भविष्यबारे सरकारसँग के योजना छ?

खत्रीले परियोजना कानुनी प्रक्रियामा भए त्यसको अवस्था, निर्माण रोक्नुको कारण तथा लगानीकर्ता र साझेदारबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताउनु भयो।

उहाँले भन्नु भयो,‘दैनिक हजारौंले देख्ने यो भवन केवल अधुरो संरचना होइन । राज्य र निजी क्षेत्रको जावाफदेहीतामाथिको प्रश्न पनि हो । त्यसैले सरकारसँग यो परियोजनाको कानूनी, आर्थिक, प्राविधिक अवस्थाबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्न र सम्भव भए निर्माण पुनः सुरु गर्ने ठोस पहल गर्न माग गर्नुभयो।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय