झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको आगलागीबाट गोठमा बाँधिएका चारवटा खसीबोका जलेर मरेका छन् भने दुईवटा गाई र बाच्छा घाइते भएका छन्। आगो निभाउने क्रममा पीडित राजवंशी सामान्य घाइते हुनु भएको छ।
आगलागीका कारण भण्डार घरमा राखिएको धान, चामल, लत्ताकपडालगायतका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो लाग्नुको कारण र क्षतिको यकिन विवरण संकलन भइरहेको छ।









