सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं,९ भदौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०।७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियल मा १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका

सिरहामा खोला किनारमा मृत भेटिएकी वृद्धाको पहिचान खुल्यो

सिरहा,९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ । मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया