अनुसन्धान जारी

सिरहामा खोला किनारमा मृत भेटिएकी वृद्धाको पहिचान खुल्यो

सिरहा,९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ । मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो ।खातुन हिजो सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि हराइरहनु भएको थियो। खोजी गर्ने क्रममा आज (मंगलबार) गागन खोलाको पुल नजिकै उहाँको शव फेला परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का लगायतका प्रक्रिया अघि बढाएको छ ।

 

शवको अवस्था र घटनाको प्रकृतिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । खातुनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष स्थानीयले माग गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका

सिरहामा खोला किनारमा मृत भेटिएकी वृद्धाको पहिचान खुल्यो

सिरहा,९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ । मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया