कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्।

देउवाका वारेस कांग्रेस नेता दीपक खड्का र खड्काका वारेस अधिवक्ता श्रवणकुमारले सोमबार पेस गरेका पुरक निवेदन सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको हो। दुवै निवेदनमाथि आगामी ११ भदौ बिहीबारका लागि पेसी तोकिएको छ।
देउवा र खड्काले दायर गरेको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा अघि बढाएको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ।

यसअघि सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि उक्त विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चमा नयाँ पुरक निवेदन दर्ता भएसँगै कांग्रेसको आन्तरिक विवाद थप कानुनी प्रक्रियातर्फ अघि बढेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म

कागको भाषा निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

काठमाडौं,२१ कार्तीक । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ

तुलाधरको संघर्ष र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्छ : सुनिता डंगोल

काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको