कृषि कर्जा र वित्तीय चेतनालाई किसान मैत्री बनाउन मन्त्री चौधरीको जोड

काठमाडौं , १० भदौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ।कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसानमैत्री ढंगले बुझाउन आवश्यक रहेको बताउनु भएको छ ।

 

‘कृषि पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,’ उहाँले भन्नु भयो, ‘यसले कृषि क्षेत्रका जनशक्तिलाई रोजगारीसँग जोड्नुका साथै बैंकबाट कृषि कर्जा प्रवाह गर्दा कृषि क्षेत्रको वास्तविक आवश्यकता र परियोजनाको मूल्यांकन गर्न सहज हुने भएकाले कृषि कर्जा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्छ ।’

 

उहाँले कृषि फार्म दर्ता, कर्जा प्राप्ति तथा सहुलियतपूर्ण कर्जाको प्रक्रियामा वास्तविक किसानले सहज रूपमा लाभ लिन नसकेको गुनासो आउने गरेको भन्दै आगामी नीतिमा यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिइनु भयो ।उहाँले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा कर्जा दिने मात्रै नभई किसानले उत्पादन गरेको वस्तुको बजार, सम्भावित उत्पादन र त्यसबाट प्राप्त हुने प्रतिफलसमेत हेर्नुपर्ने बताइनु भयो। उहाँले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, मूल्य अभिवृद्धि, जलवायु परिवर्तनका प्रभाव तथा परियोजना निर्माणसम्बन्धी ज्ञानको कमीलाई सम्बोधन गर्न बहु आयामिक रूपमा काम गर्नुपर्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा