रसुवा बाढी

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार सामाजिक सञ्जालमार्फत उहाँले सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनु भएको हो।

 

‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ्, ‘सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ ।’

 

उहाँले उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्नसमेत निर्देशन दिइएको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’

 

उहाँले बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा र नुवाकोटका नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नु भएको छ। नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न समेत अनुरोध गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा