मासु र तेलको नमुना प्रयोगशाला परीक्षणमा

बिर्तामोडमा न्वारानको भोज खाँदा दर्जनभन्दा बढी बिरामी

बिर्तामोड,१० भदौ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएका ठूलो संख्याका स्थानीय बिरामी परेका छन्। स्थानीय रामकुमार श्रेष्ठको नातिनीको न्वारान भोजमा सहभागी भएका पाहुनाहरूमा पेट दुख्ने, वान्ता हुने र झाडापखालाको समस्या देखिएपछि १२ जनालाई अस्पताल भर्ना गरिएको छ।

 

करिब ५० जना सहभागी उक्त भोजपछि स्वास्थ्य समस्या देखिएकामध्ये ८ जनालाई बिर्तामोड नगर अस्पताल र ४ जनालाई प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो। बिरामी पर्नेहरूमा घरधनी ५३ वर्षीय रामकुमार श्रेष्ठ, उहाँकी श्रीमती तारा श्रेष्ठसहित परिवार र आफन्तहरू रहेका छन्। उपचारपछि अधिकांश डिस्चार्ज भइसकेका छन् भने केही स्थानीयले फार्मेसीबाट औषधि सेवन गरिरहेका छन्।

 

मासु र तेलको नमुना परीक्षण गरिँदै

भोजमा प्रयोग गरिएको कुखुराको मासुका कारण ‘फुड प्वाइजनिङ’ खाद्य विषाक्तता भएको आशंका गरिए पनि आधिकारिक पुष्टि भने हुन बाँकी छ। घटनापछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापा र बिर्तामोड नगरपालिकाको संयुक्त टोलीले बिर्ताबजारस्थित गणेश फ्रेस हाउसबाट मासु र हल्दीबारीको एक किराना पसलबाट खाना पकाउने तेलको नमुना संकलन गरेको छ।संकलित नमुनाको प्रयोगशाला परीक्षण प्रतिवेदन आएपछि मात्र बिरामी पर्नुको वास्तविक कारण यकिन हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

 

फ्रेस हाउसलाई सुधार गर्न ३ दिनको अल्टिमेटम

घटना सार्वजनिक भएलगत्तै गरिएको अनुगमनका क्रममा बिर्ताबजार स्थित गणेश फ्रेस हाउसमा न्यूनतम सरसफाइ समेत नभएको पाइएको छ।बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार फ्रेस हाउसको सरसफाइ र भण्डारण सुधार गर्न सञ्चालक गणेश श्रेष्ठलाई ३ दिनको म्याद दिइएको छ। तोकिएको समयमा मापदण्ड पूरा नगरे पसलविरुद्ध कानुनी कारबाही अगाडि बढाइने नगरपालिकाले चेतावनी दिएको छ। हाल अस्पतालमा उपचाररत बिरामीहरूको अवस्था सामान्य रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार

सोलार स्ट्रिट लाइटको भुक्तानीमा एक लाख घुस, सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद

नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान

भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं,११ भदौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते

रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं,११ भदौ । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार