बिपत्त व्यवस्थापन समितीले प्रधानमन्त्रीलाई के बृफिङ गर्दैछन?

काठमाडौ , १० भदौ। रसुवामा बुधबार बिहान गएको बाढीका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परिषद्को बैठक जारी छ। बैठकमा नेपाली सेनाको तर्फबाट बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरणबारे ब्रिफिङ भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

 

बैठकमा बाढीबाट भएको क्षतिको पूर्ण विवरण प्रस्तुत गरिनुका साथै प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा अन्य आवश्यक व्यवस्थापनका लागि चाल्नुपर्ने कदमबारे निर्णय गरिनेछ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने र प्रभावित क्षेत्रमा तत्काल आवश्यक सहयोग पुर्‍याउने विषयमा पनि बैठक केन्द्रित हुने जनाइएको छ।प्रधानमन्त्री सचिवालयका अनुसार बैठकबाट बाढीपछिको अवस्थालाई सम्बोधन गर्न आवश्यक तत्कालीन निर्णय लिइनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार

सोलार स्ट्रिट लाइटको भुक्तानीमा एक लाख घुस, सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद

नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान

भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं,११ भदौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते

रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं,११ भदौ । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार