रसुवामा बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह

काठमाडौं,१० भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।

बुधबार सामाजिक सञ्जालमार्फत थापाले बाढीका कारण रसुवाको अवस्था गम्भीर र चिन्ताजनक बनेको बताउनु भयो । उहाँले तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अपिल गर्नुभयो ।

‘रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ,’ उहाँले भन्न्ुाभयो , ‘यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु । सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन अनुरोध गर्दछु ।’

उहाँले विपद्को यस अवस्थामा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

उहाँले विपद् व्यवस्थापनमा सरकारका प्रयासमा कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । थापाले पार्टीका सम्पूर्ण समिति तथा नेता–कार्यकर्तालाई उद्धार र राहतमा तत्काल परिचालन हुन आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विनाशकारी बाढीबाट भएको क्षतिप्रति दलाई लामाद्वारा दुःख व्यक्त

काठमाडौं,११ भदौ । तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको रसुवा र तिब्बतको केरुङमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु

चीनको चेतावनी: नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, चीनमा बनेको ‘ब्यारियर लेक’ फुट्ने उच्च जोखिम

काठमाडौं, ११ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको प्राकृतिक तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। चिनियाँ जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा

रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाडौँ,११ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो

भोटेकोशी बाढी,पाँच जलविद्युत आयोजनाका करिब २०० भन्दा बढी सम्पर्कविहीन

काठमाडौं,११ भदौ ।भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजना स्थलमा रहेका कर्मचारी तथा

रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

काठमाडौं,११ भदौ । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ । बाढी प्रभावित क्षेत्रमा

प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् शाह काठमाडौँ फिर्ता

काठमान्डौ,११ ,भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ। आज बिहान ९: ३० बजे