चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा ठूलो वर्षा नभएको र अधिकांश खोला तथा नदीको बहाव सामान्य अवस्थामै रहेका बेला बिहान करिब ९ बजे अप्रत्याशित रूपमा भोटेकोशी नदीमा ठूलो बाढी आएको हो।बाढी चीनतर्फबाट भोटेकोशी नदीमा प्रवेश गरेको प्रारम्भिक विवरणपछि यसको कारणबारे नेपालले चीनसँग समन्वय थालेको छ। सुरक्षा निकायका अनुसार बाढी आउनुको वास्तविक कारण अझै यकिन हुन सकेको छैन। अचानक आएको बाढीले नेपाली भूभागमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको कारण भएको क्षतिको विवरण संकलन तथा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

 

यसैबीच, रसुवामा बाढी तथा पहिरोबाट उत्पन्न संकटबारे गृह मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ। बैठकमा बाढीको अवस्था, क्षतिको विवरण, उद्धार तथा राहतका विषयमा छलफल भइरहेको छ। यता, प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाली सेनाले रसुवामा बाढीबाट अहिलेसम्म भएको क्षतिबारे ब्रिफिङ गरेको छ। सरकारले उद्धार तथा राहतलाई प्राथमिकता दिँदै घटनाको कारण पत्ता लगाउने प्रयाससमेत अघि बढाएको छ।अचानक यति ठूलो बाढी आउनुको कारणबारे प्रारम्भिक रूपमा हिमताल फुटेको हुनसक्ने अनुमान गरिएको छ। हिमपहिरोका कारण नदी थुनिएर केही समयपछि एक्कासि बाँध फुटेजस्तो अवस्थामा ठूलो पानीको बहाव आएको हुनसक्ने प्रारम्भिक निष्कर्ष सुरक्षा निकायको छ।तर हिमताल फुटेको हो वा अन्य कुनै कारणले एक्कासि भोटेकोशीमा ठूलो बाढी आएको हो भन्ने विषयमा थप अध्ययन र सूचनाको आवश्यकता रहेको बताइएको छ।

 

विशेषगरी बाढीको स्रोत चीनतर्फ हुनसक्ने देखिएपछि घटनाको वास्तविक कारण र अवस्थाबारे चीनसँग समन्वय गरी थप विवरण लिने प्रयास भइरहेको सुरक्षा निकायले जनाएको छ।अहिले मुख्य प्राथमिकता उद्धार र राहत भए पनि रसुवामा सामान्य मौसम र नदीको बहाव हुँदाहुँदै एक्कासि आएको विनाशकारी बाढीको कारण के हो रु भन्ने प्रश्नको जवाफ खोज्न नेपालले सम्बन्धित निकायमार्फत अनुसन्धान र समन्वय अघि बढाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाडौँ,११ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो

भोटेकोशी बाढी,पाँच जलविद्युत आयोजनाका करिब २०० भन्दा बढी सम्पर्कविहीन

काठमाडौं,११ भदौ ।भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजना स्थलमा रहेका कर्मचारी तथा

रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

काठमाडौं,११ भदौ । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ । बाढी प्रभावित क्षेत्रमा

प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् शाह काठमाडौँ फिर्ता

काठमान्डौ,११ ,भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ। आज बिहान ९: ३० बजे

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार

सोलार स्ट्रिट लाइटको भुक्तानीमा एक लाख घुस, सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद