बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल डंगोलका अनुसार विद्यार्थी लिन गएको स्कुल बस सम्पर्कविहीन भएको छ। स्थानीय प्रहरी चौकीसमेत बाढीले बगाएको र सुरक्षाकर्मीको अवस्थाबारे जानकारी हुन नसकेको उनले बताए।

उनका अनुसार केही स्थानीय घाइते भएका छन् भने केही मानिस भीरमा अड्किएका छन्। बाढीले सडकसमेत बगाएकाले उद्धार तथा आवतजावतमा समस्या भएको स्थानीय गणेश न्यौपानेले बताए।

स्थानीयका अनुसार वेत्रावती र सोले बजारमा केही घरबाहेक अधिकांश संरचना बाढीले बगाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालमा अप्रत्याशित बाढी : बिश्व स्वास्थ्य संघठनले पठाउने भयो यस्तो सहयोग

काठमाडौँ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।प्रधानमन्त्री बालेन्द्र शाहको

चीनबाट फेरि आयो सूचना, भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै

काठमाडौं, १० भदौ । चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोसी नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै

बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान,चितवन र नवलपरासीमा भने जोखिम कम

काठमाडौं,१० भदौ।चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह

बाढी प्रभावित क्षेत्रका सांसदहरुसग प्रधानमन्त्रीको संवाद, कसले के भने?

काठमाडौ , १० भदौ | सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गर्नुभएको

बाढीबारे चीनबाट आयो सूचना, जारी गरियो उच्च सतर्कता

काठमाडौं, १० भदौ। चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका

राष्ट्रिय शोक घोषणा गरेर उद्धार र राहतमा लागौं : माहामन्त्री पौडेल

काठमाडौं,१० भदौ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग