काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ।
मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल फुटेपछि आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ।
उहाँले बाढीबाट करिब २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिनु भयो।
पुनले दिएको जानकारीअनुसार उद्धार तथा राहतका लागि ११ वटा हेलिकोप्टर परिचालन गरिएको छ। घाइतेहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ भने अन्य प्रभावितका लागि धुन्चेमा बस्ने व्यवस्था गरिएको छ।
त्यस्तै, उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको उहाँले बताउनु भएको छ।
भोटेकोशी नदीको शिरतर्फ बाढीको बहाव घट्दै गए पनि तल्लो क्षेत्रमा भने बाढीको प्रभाव बढ्दै गएको र मुग्लिनसम्म पुग्न लागेको मन्त्री पुनले बताउनु भएको छ।
विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरिसकेको पनि उहाँले जानकारी दिनु भएको छ।
मन्त्री पुनले दिएको आठ बुँदे जानकारी
१। तिब्बतमा हिमताल फुटेपछि भोटेकोशीमा बाढी आएको।
२। टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीमा अत्यधिक क्षति पुगेको।
३। करिब २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको।
४। उद्धारका लागि ११ वटा हेलिकोप्टर परिचालन गरिएको।
५। घाइतेलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने तथा अन्य प्रभावितका लागि धुन्चेमा बस्ने व्यवस्था गरिएको।
६। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली परिचालन गरिएको।
७। भोटेकोशीको शिरतर्फ बाढी घट्दै गए पनि तल्लो क्षेत्रमा बाढी मुग्लिनतर्फ बढिरहेको।
८। विपद् व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरेको।









