काठमाडौं,१० भदौ। भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहने आकलन गरिएको छ।
जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी गरेको जनाएको छ।
केन्द्रका बाढीविद् सौहार्द जोशीका अनुसार यसअघि चितवनको देवघाटसम्म जोखिम हुन सक्ने अनुमान गरिए पनि बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म फैलिन सक्ने देखिएको हो।
उहाँले बाढीको जोखिम अझै नघटेकाले सुस्तासम्मका नदी तथा तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने बताउनु भयो।









