राष्ट्रिय शोक घोषणा गरेर उद्धार र राहतमा लागौं : माहामन्त्री पौडेल

काठमाडौं,१० भदौ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेर्नु भएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विपद्को यस घडीमा राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गरेर प्रभावित नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारमा जुट्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

उहाँले बाढीबाट भएको ठूलो क्षतिले सिङ्गो देशलाई गहिरो शोकमा पारेको उल्लेख गर्दै तत्काल राष्ट्रिय शोक घोषणा गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नु भएको छ।

पौडेलले दुःखद परिस्थितिमा नेपाली कांग्रेसका सम्पूर्ण सदस्य, आम नागरिक, निजी क्षेत्र तथा सामाजिक संघसंस्थालाई आ–आफ्नो ठाउँबाट उद्धार तथा सहयोगमा सक्रिय रूपमा जुट्न अपिलसमेत गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरो प्रभावितको उद्धार र राहत तत्काल गर्न कांग्रेसको माग

काठमाडौँ , १० भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवाबाट सुरु भएको विनाशकारी बाढी र पहिरोले देशभर शोकको वातावरण सिर्जना गरेको बताउनु भयो।प्रतिनिधि सभाको

तत्काल राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग एमालेको माग

काठमाडौँ,१० भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै तत्काल राष्ट्रिय विपद्

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमान्डौ,१० भदौ।  चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ । उपत्यका ट्राफिक

बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा

काठमान्डौ,१० भदौ। सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा

बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

काठमान्डौ,१० भदौ।  बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने

टिमुरे भन्सार क्षेत्रमा मानिस पुरिएको आशंका : खोज्न ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

काठमाडौं,१० भदौ । रसुवाको टिमुरे स्थित भन्सार कार्यालय भएको स्थान आसापासमा मानिसहरू पुरिएको आशंका गरिएको छ ।पुरिएकाहरू लोकेट गर्न सशस्त्र प्रहरीले ड्रोनसहित टिम पठाउन लागेको