काठमाडौं, १० भदौ। चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेको सूचना प्राप्त भएको छ। ताल पूर्णरूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा थप जोखिम कायमै रहेको महाशाखाले जनाएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा नदीको बहाव हेर्न वा जोखिमयुक्त क्षेत्रमा जानबाट जोगिन आग्रह गरेको छ।









