बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान,चितवन र नवलपरासीमा भने जोखिम कम

काठमाडौं,१० भदौ।चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४।७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ।

प्रारम्भिक आकलनअनुसार बाढी आएपछि देवघाटमा पानीको सतह करिब ३ मिटरले बढ्न सक्ने र करिब ८ मिटर पुग्न सक्ने जनाइएको छ। उक्त बाढी २–३ वर्षको पुनरावृत्ति अवधिको हुन सक्ने अनुमान गरिएको छ।

हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सुरक्षित अग्लो स्थानमा बस्न आग्रह गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाटो–पुलभन्दा उद्धार प्रविधि र उपकरणमा लगानी गरौँ : हर्क राज राई

काठमाडौँ , १० भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताउनु भएको

दुई महिनाको तलब विपद् कोषमा जम्मा गर्न समीक्षा बास्कोटाको आग्रह

काठमान्डौ,१० भदौ । रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गर्नु भएको छ । बुधबारको

रसुवा बाढी : उद्धार तथा राहत कार्य तीव्र

काठमाडौँ , १० भदौ । रसुवा बाढीमा परेका नागरिकको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धार सामग्रीसहित टोलीहरू परिचालन

बाढी–पहिरो प्रभावितको उद्धार र राहत तत्काल गर्न कांग्रेसको माग

काठमाडौँ , १० भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवाबाट सुरु भएको विनाशकारी बाढी र पहिरोले देशभर शोकको वातावरण सिर्जना गरेको बताउनु भयो।प्रतिनिधि सभाको

तत्काल राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग एमालेको माग

काठमाडौँ,१० भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै तत्काल राष्ट्रिय विपद्

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमान्डौ,१० भदौ।  चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ । उपत्यका ट्राफिक