चीनबाट फेरि आयो सूचना, भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै

काठमाडौं, १० भदौ । चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोसी नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो १ः३० बजे चीनतर्फबाट प्राप्त सूचनाका आधारमा नदी आसपासका बासिन्दालाई थप सतर्क रहन आग्रह गरेको हो ।

विभागका अनुसार नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेका कारण जुनसुकै बेला पानीको बहावमा परिवर्तन आउन सक्ने जोखिम रहेको छ । त्यसैले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन विभागले सबैमा अनुरोध गरेको छ ।

विभागले नदी किनार, तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाटो–पुलभन्दा उद्धार प्रविधि र उपकरणमा लगानी गरौँ : हर्क राज राई

काठमाडौँ , १० भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताउनु भएको

दुई महिनाको तलब विपद् कोषमा जम्मा गर्न समीक्षा बास्कोटाको आग्रह

काठमान्डौ,१० भदौ । रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गर्नु भएको छ । बुधबारको

रसुवा बाढी : उद्धार तथा राहत कार्य तीव्र

काठमाडौँ , १० भदौ । रसुवा बाढीमा परेका नागरिकको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धार सामग्रीसहित टोलीहरू परिचालन

बाढी–पहिरो प्रभावितको उद्धार र राहत तत्काल गर्न कांग्रेसको माग

काठमाडौँ , १० भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवाबाट सुरु भएको विनाशकारी बाढी र पहिरोले देशभर शोकको वातावरण सिर्जना गरेको बताउनु भयो।प्रतिनिधि सभाको

तत्काल राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग एमालेको माग

काठमाडौँ,१० भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै तत्काल राष्ट्रिय विपद्

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमान्डौ,१० भदौ।  चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ । उपत्यका ट्राफिक