रसुवा भन्सार कार्यालयमा ३७ कर्मचारी मध्ये २० जना सम्पर्कविहिन

काठमान्डौ,१० भदौ। रसुवाको टिमुरेस्थित भन्सार कार्यालय बाढीले पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले भन्सार कार्यालयसहित आसपासका संरचनामा ठूलो क्षति पुर्‍याएको भन्सार विभागका महानिर्देशक यमलाल भूसालले जानकारी दिनुभयो ।

महानिर्देशक भूसालका अनुसार रसुवा भन्सार कार्यालयमा ३७ जनाको दरबन्दी रहेकोमा हालसम्म १७ जना कर्मचारी मात्र सम्पर्कमा आएका छन्। सम्पर्कविहीन कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको उहाँले बताउनु भयो।

‘बाढीले धनसम्पत्तिमा ठूलो क्षति गरेको छ। सम्पर्कविहीन कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ। फोनमार्फत वस्तुस्थितिबारे जानकारी लिने काम जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ,’ उहाँले बताउनु भयो।

भूसालका अनुसार अहिलेको मुख्य प्राथमिकता कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नु र बाढीबाट भएको वास्तविक क्षतिको विवरण संकलन गर्नु हो।

प्रारम्भिक विवरणअनुसार बाढीले टिमुरे क्षेत्रका ठूला पुलसमेत बगाएको छ। हालै मर्मत गरिएका संरचना तथा अन्य भौतिक सम्पत्तिमा भएको क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको भन्सार विभागले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन

आगो बालेर धुवाँमार्फत सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमान्डौ,१० भदौ । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय

१९ पुल र ४० किमी सडक क्षतिग्रस्त, यातायात ठप्प

काठमाडौँ,१० भदौ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र

बाटो–पुलभन्दा उद्धार प्रविधि र उपकरणमा लगानी गरौँ : हर्क राज राई

काठमाडौँ , १० भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताउनु भएको

दुई महिनाको तलब विपद् कोषमा जम्मा गर्न समीक्षा बास्कोटाको आग्रह

काठमान्डौ,१० भदौ । रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गर्नु भएको छ । बुधबारको

रसुवा बाढी : उद्धार तथा राहत कार्य तीव्र

काठमाडौँ , १० भदौ । रसुवा बाढीमा परेका नागरिकको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धार सामग्रीसहित टोलीहरू परिचालन