दुई महिनाको तलब विपद् कोषमा जम्मा गर्न समीक्षा बास्कोटाको आग्रह

काठमान्डौ,१० भदौ । रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उहाँले विपद् व्यवस्थापन कोष परिचालन गरी सांसद र कर्मचारीको यथोचित रकम कट्टा गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो दुई महिनाको तलब कोषमा जम्मा गर्न आग्रह गर्नुभयो ।

“आजै राष्ट्रिय विपद् कोष गठन वा परिचालन गरी सम्पूर्णलाई सहयोगको पहल गर्ने, सांसदलगायत सम्पूर्ण कर्मचारीको तलबबाट यथोचित कट्टा गरी कोषमा जम्मा गर्ने,” उहाँले भन्नु भयो, “मेरो हकमा मेरो दुई महिनाको तलबभत्ता कोषमा जम्मा गरियोस् ।”

बास्कोटाले विपद्का बेला सम्पूर्ण राजनीतिक दललाई एक ठाउँमा ल्याउनुपर्ने बताउनु भयो। सर्वदलीय बैठक आह्वानका लागि रास्वपा सभापति रवि लामिछानेलाई आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हवाई भाडा वृद्धिप्रति खुश्बु ओलीको आपत्ति

काठमान्डौ ,१० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मुलुक प्राकृतिक विपद् र राष्ट्रिय संकटको घडीमा रहेका बेला निजी वायुसेवा कम्पनीहरूले हवाई

रसुवा बाढी, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

काठमाडौं,१० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराउनु भयो । प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट

संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

काठमान्डौ,१० भदौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिनुभएको छ । बुधबारको बैठकमा

भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्क विहीन

काठमान्डौ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल

दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न लामिछानेको आह्वान

काठमान्डौ,१० भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन