रसुवा भन्सारमा भीषण बाढी

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन भएका छन् भने अन्य कर्मचारीहरू टिमुरे बजारभन्दा माथिको डाडामा उद्धारको पर्खाइमा छन् ।

 

रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानाले अनुसार भन्सार यार्डमा चेकजाँचका लागि रहेका ट्रक तथा अन्य गरी ३०० भन्दा बढी गाडी बाढीले बगाएको छ । त्यति मात्रै नभएर भन्सार क्षेत्रमा भन्सार चेकजाँचको क्रममा रहेका अन्य धेरै गाडी पनि बगाएको छ ।तर यता अर्थ मन्त्रालयले क्षतिको यकिन विवरण नपाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको छ । प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना सम्पर्कमा आएका छन् ।
बाँकी खोज,उद्धार र समन्वय जारी रहेको मन्त्रालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढी, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

काठमाडौं,१० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराउनु भयो । प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट

संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

काठमान्डौ,१० भदौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिनुभएको छ । बुधबारको बैठकमा

भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्क विहीन

काठमान्डौ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल

दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न लामिछानेको आह्वान

काठमान्डौ,१० भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन

आगो बालेर धुवाँमार्फत सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमान्डौ,१० भदौ । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय