भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्क विहीन

काठमान्डौ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको ‘भोटेकोशी आकस्मिक बाढी अवस्था अद्यावधिक–२’ अनुसार प्रभावित क्षेत्रमा रहेका तथा यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पहिचान तथा पुष्टि गर्ने काम भइरहेको छ ।

पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन् । बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सम्बन्धित निकायले ट्राभल एजेन्सी, पथप्रदर्शक, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरणको प्रमाणीकरण तथा पुनःपुष्टि गरिरहेको जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना यात्रु सम्पर्कविहीन छन् । तीमध्ये ५९ जना भारतीय नागरिक र १२ जना नेपाली छन् ।

त्यस्तै, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जनामध्ये दुई जना विदेशी नागरिक ९एक अस्ट्रेलियाली र एक नेदरल्यान्ड्सका० तथा १५ जना नेपाली नागरिक छन् ।

लिफ होलिडेका ५५ जनामध्ये ४६ जना भारतीय र नौ जना नेपाली, कैलाश जर्नीका ३१ जनामध्ये २६ जना विदेशी नागरिक ९राष्ट्रियता पुष्टि हुन बाँकी० र पाँच जना नेपाली रहेको बोर्डले जनाएको छ ।

एक्सप्लोर भ्याकेसनका सात जना यात्रु सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ । ट्रेकर्स सोसाइटीका ९२ जनामध्ये ७७ जना विदेशी नागरिक ९राष्ट्रियता पुष्टि हुन बाँकी० र १५ जना नेपाली छन् ।

त्यस्तै, रिचा टुर्स एन्ड ट्राभल्सका १२ जनामध्ये आठ जना विदेशी नागरिक र चार जना नेपाली, फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जनामध्ये २० जना विदेशी तथा सात जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

हिमालयन ग्लेसियरका ५२ जनामध्ये ३७ जना विदेशी नागरिक र १५ जना नेपाली तथा अल्पाइन इको ट्रेकका २० जनामध्ये १६ जना विदेशी र चार जना नेपाली नागरिक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार हिमालयन ग्लेसियरमा सम्पर्कविहीन देखिएका ३७ जनामध्ये केही भारतीय मूलका नागरिक रहेको र अल्पाइन इको ट्रेकका १६ विदेशीमध्ये १२ जना बेलायती तथा चार जना दक्षिण अफ्रिकी नागरिक रहेको प्रारम्भिक विवरण छ ।

नेपाल पर्यटन बोर्डले यो विवरण प्रारम्भिक रहेको र सम्बन्धित निकायसँग समन्वय गरी निरन्तर अद्यावधिक तथा प्रमाणीकरण भइरहेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुलाई शान्त रहन, आधिकारिक सूचना मात्र पछ्याउन र सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ ।

आपत्कालीन अवस्थाका लागि निःशुल्क आपत्कालीन नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

सम्बन्धित व्यक्तिले नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, यात्रा कम्पनी, पथप्रदर्शक वा भ्रमण सञ्चालकसँग समेत सम्पर्क गर्न सक्ने बोर्डले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा