संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

काठमान्डौ,१० भदौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिनुभएको छ ।

बुधबारको बैठकमा सभामुख अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन हुनुपर्ने बताउनु भयो ।

सभामुख अर्यालले उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र समन्वय गर्न निजी क्षेत्र, गैरसरकारी संस्था तथा नागरिक समाजलाई समेत आग्रह गर्नुभयो ।

विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै प्रतिनिधिसभाको बुधबारको बैठकमा तय भएका सम्पूर्ण कार्यसूची हटाइएको उहाँले जानकारी दिनुभयो ।

‘राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ,’ सभामुख अर्यालले भन्न्ुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको

सम्भव भएसम्मको सहायता उपलब्ध गराउन तयार छौ : मोदी

काठमान्डौ,१० ,भदौ । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिप्रति भारतीय समकक्षी नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग टेलिफोन संवाद गर्नु भएको छ।

ग्यिरोङ नाकाको सडक, बिजुली र सञ्चार ठप्प

काठमाडौँ , १० भदौ । रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गर्नुअघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका

नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

काठमान्डौ,१० भदौ । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ । दूतावासले कठिन यस

बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमान्डौ,१० भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी

बाढी प्रभावितका लागि भारत, चीन र विश्व बैंकको आपतकालीन सहयोग

काठमाडौँ ,१० भदौ । विपद्ग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।बाढीको समाचार