रसुवा बाढी, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

काठमाडौं,१० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराउनु भयो ।

प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट बोल्दै मन्त्री खनालले मनसुन कमाण्ड पोस्टको आकस्मिक बैठक बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा तथा राहत परिचालनका विषयमा समन्वय भइरहेको बताउनुभयो ।

उहाँका अनुसार रसुवाको टिमुरेलगायतका प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरीतर्फका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् । त्यस्तै, नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनु भयो ।

रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारीसमेत हालसम्म सम्पर्कमा नरहेको मन्त्री खनालले बताउनु भयो । प्रभावित क्षेत्रका केही नागरिक पनि सम्पर्कविहीन रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ भने शवको सनाखत हुन बाँकी छ । प्रारम्भिक सूचनाअनुसार केही नेपाली नागरिकले समेत ज्यान गुमाएको जानकारी आएको उहाँले बताउनु भयो ।

‘यस विपद्मा मृत्युवरण गर्नुहुनेप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ मन्त्री खनालले भन्न्ुा भयो ।

मन्त्री खनालका अनुसार बुधबार बिहान करिब ८ बजेर ४० मिनेटतिर रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण रसुवा र नुवाकोटका टिमुरे, स्याब्रुवेशी, भित्रावती, त्रिशूली, बटार, देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनु भयो ।

उहाँले बाढी आउनुअघि बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र भूकम्पका कारण हिमपहिरो झरेपछि बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताउनु भयो । यद्यपि उक्त विषय थप प्रमाणीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

‘८ बजेर ३७ मिनेटमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको पनि प्रारम्भिक सूचनाहरू आएका छन् । त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ,’ उहााले भन्नु भयो ।

बाढीका कारण सडक, पुल, जलविद्युत् तथा सञ्चार क्षेत्रलगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको मन्त्री खनालले बताए । सरकारी तथा निजी भवन र सम्पत्तिमा समेत ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम देखिएपछि रसुवा, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनु भयो । नागरिकलाई सुरक्षित स्थानमा रहन रिङटोन, ब्याकअप टोन, एसएमएस, माइकिङ तथा सामाजिक सञ्जाललगायतका माध्यमबाट तत्काल सूचना सम्प्रेषण गरिएको उहाँले जानकारी दिनुभयो ।

बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक तत्काल बसेको र प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्री खनालले बताउनुभयो ।

मन्त्री खनालले सरकारका सबै संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र सुरक्षा व्यवस्थापनको काम भइरहेको जानकारी प्रतिनिधिसभालाई गराउनु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको

सम्भव भएसम्मको सहायता उपलब्ध गराउन तयार छौ : मोदी

काठमान्डौ,१० ,भदौ । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिप्रति भारतीय समकक्षी नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग टेलिफोन संवाद गर्नु भएको छ।

ग्यिरोङ नाकाको सडक, बिजुली र सञ्चार ठप्प

काठमाडौँ , १० भदौ । रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गर्नुअघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका

नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

काठमान्डौ,१० भदौ । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ । दूतावासले कठिन यस