रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी र ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभा बैठकमा प्रहरी चौकीमा कार्यरत २६ प्रहरी र सशस्त्र प्रहरीतर्फ ९ जना सम्पर्कविहीन रहेको जानकारी दिए । नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोष्टमा गरी ४४ जना सम्पर्कविहीन रहेको उनले जनाए ।

अर्थ मन्त्रालयले रसुवागढी भन्सार, अध्यागन कार्यालयका केही कर्मचारी सम्पर्कविहीन रहेको जनाएको छ । रसुवागढी भन्सारमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको थियो । तीमध्ये प्रमुख भन्सार प्रशाशक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेको अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, चारजना करार र ज्यालादारी कर्मचारीमध्ये एकजना मात्र सम्पर्कमा रहेका छन् । ११ जना स्थायी र तीनजना करार तथा ज्यालादारी गरी कुल १४ जना कर्मचारीबारे खोजी कार्य जारी रहेको सचिवालयले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले बाढीका कारण स्वदेशी र विदेशी गरी कुल ३८४ जना पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ । सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना स्वदेशी रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, सम्पर्कविहीन भएका विदेशी पर्यटकमा १०५ जनाभन्दा बढी भारतीय रहेका छन् । बोर्डले विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गरेर हराइरहेका पर्यटकको विवरण निकालेको जनाएको छ ।

बुधबार बिहान करिब साढे ८ बजेतिर चीनको तिब्बतबाट अचानक बाढी नेपालको भोटेकोसी नदीमा प्रवेश गरेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा सन्धिखर्कका १६८ कर्मचारी, एक हप्ताको तलब दिने

अर्घाखाँची , १० भदौ। सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।भोटेकोशी(त्रिशूली नदीमा आएको अप्रत्याशित

बाढी प्रभावितका लागि एनसेलको राहत स् तीन दिन निःशुल्क भ्वाइस र डेटा

काठमाडौं ,भदौ १० । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क

रसुवा बाढीपछि कांग्रेस सक्रिय, विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको