अप्रत्यासीत बाढीले चीनमा कस्तो असर पार्यो(भिडियोमा हेरौ )

चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले सिजाङमा आपत्कालीन उद्धार तथा विपद् राहत कार्यका लागि १२ करोड युआन (करिब १ करोड ७६ लाख ९० हजार अमेरिकी डलर) राहत कोष विनियोजन गरेका छन् ।

एजेन्सी । चीनको दक्षिणपश्चिमी क्षेत्रस्थित सिजाङ स्वायत्त क्षेत्र र नेपालबीचको सीमावर्ती क्षेत्रमा बुधबार बिहान आएको पहिरोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २६५ जना अझै बेपत्ता रहेका छन् ।

 

नेपालतर्फको सीमावर्ती क्षेत्रमा आएको पहिरोले सिजाङको जिरोङ काउन्टीस्थित जिरोङ बन्दरगाह क्षेत्रमा प्रभाव पारेको हो ।

घटनास्थलमा रहेको उद्धार मुख्यालयका अनुसार मृतक तथा बेपत्ताको विवरण अझै यकिन गर्ने काम भइरहेको छ भने उद्धार कार्य जारी छ ।

 

विपत्तापछि चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले तत्काल उद्धार तथा प्रतिकार्य प्रक्रिया सक्रिय पार्दै घटनास्थलमा सहयोगका लागि एक कार्यदल खटाएको छ ।

 

उद्धारका लागि राष्ट्रिय अग्नि तथा उद्धार टोलीका ६०१ जना तथा सरकारी स्वामित्वका इन्जिनियरिङ र उद्धार संस्था चाइना एनङ, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावरचाइना) लगायतका संस्थाबाट ३२५ जना इन्जिनियरिङ जनशक्ति परिचालन गरिएको छ ।

 

सिजाङको क्षेत्रीय अग्नि तथा उद्धार निकायले पनि उद्धार र राहत टोली घटनास्थलतर्फ परिचालन गरेको छ ।

त्यसैगरी, जनमुक्ति सेना र सशस्त्र प्रहरी बलका अधिकारी तथा सुरक्षाकर्मीहरूलाई पनि उद्धार कार्यमा सहयोगका लागि पठाइएको छ ।

 

चिनियाँ जनसशस्त्र प्रहरी बलको सिगात्से डिट्याचमेन्टका १४० भन्दा बढी अधिकारी तथा सैनिकलाई २०० भन्दा बढी सेट आपत्कालीन उद्धार उपकरणसहित करिब १ बजे राहत तथा उद्धार कार्यमा सहयोग गर्न तत्काल परिचालन गरिएको थियो ।

 

 

सिजाङ सैन्य कमान्डअन्तर्गतको एक इकाइले पनि प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार टोली पठाएको छ । उक्त इकाइको दोस्रो उद्धार टोली र इन्जिनियरिङ मेसिनरी तयारी अवस्थामा राखिएको छ । साथै, खाद्यान्न, पानी, टेन्ट र औषधिलगायत राहत सामग्री पनि तयारी अवस्थामा राखिएको छ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले भूगर्भीय विपद्का लागि चार तहको आपत्कालीन प्रतिकार्य प्रणालीअन्तर्गत दोस्रो उच्चतम लेभल–२ आपत्कालीन प्रतिकार्य सक्रिय गरेको छ । मन्त्रालयले उद्धार कार्यको निर्देशन तथा सम्भावित दोस्रो विपत्ति रोक्न घटनास्थलमा कार्यदलसमेत खटाएको जनाएको छ ।

 

राष्ट्रिय विपद् रोकथाम, न्यूनीकरण तथा राहत आयोग र आपत्कालीन व्यवस्थापन मन्त्रालयले संयुक्त रूपमा विस्थापितहरूको उद्धार, पुनःस्थापना र राहतका लागि टेन्ट, चुल्हो, लत्ताकपडा, कम्बल, फोल्डिङ बेड र ओसिलोपन रोक्ने म्याटसहित ३० हजार केन्द्रीय राहत सामग्री उपलब्ध गराउन सहयोग गरेका छन् ।

 

सिजाङले प्राकृतिक विपद्का लागि आफ्नो उच्चतम स्तरको राहत तथा आपत्कालीन प्रतिकार्य सक्रिय गरेको छ ।

 

यसैबीच, चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले सिजाङमा आपत्कालीन उद्धार तथा विपद् राहत कार्यका लागि १२ करोड युआन (करिब १ करोड ७६ लाख ९० हजार अमेरिकी डलर) राहत कोष विनियोजन गरेका छन् ।

 

त्यस्तै, राष्ट्रिय विकास तथा सुधार आयोगले विपत्तिपछिको आपत्कालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि केन्द्रीय बजेटबाट थप १० करोड युआन (करिब १ करोड ४८ लाख अमेरिकी डलर) छुट्याएको छ ।

 

स्थानीय मौसम विज्ञान केन्द्रले बुधबार साँझदेखि आइतबारसम्म जिरोङ काउन्टीभर निरन्तर वर्षा हुने पूर्वानुमान गरेको छ । मौसम केन्द्रले होचा भूभागमा बाढी, पहिरो तथा अन्य दोस्रो चरणका विपत्तिको जोखिम रहन सक्ने चेतावनी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि

विपद्को सामना गर्न सबै एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको

बाढी–पहिरो प्रभावितका लागि एनआरएनएद्वारा ५ करोड सहयोगको घोषणा

काठमाडौं,११ भदौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए )ले पाँच करोड

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको व्यवस्था

काठमाडौं,११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ