काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्ने बताउनु भएको छ ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपद्का बेला आपसी समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भोटेकोशीमा आएको बाढी र त्यसबाट भएको ‘भयानक’ क्षतिलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मानवीय र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ अघि बढ्नुपर्छ । यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नुपर्छ ।’
सरकारको सक्रियताबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उहाँले उनले प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो रहेको बतानु भयो ।









