बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

​च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ हुनुहुन्छ।

​त्यसैगरी, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिकरप्रहरी सङ्गठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे( अप्र), मोर्चा सङ्गठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामासमेत निरीक्षण टोलीमा सहभागी छन्।

प्रचार विभाग प्रमुख आचारेयका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको निरक्षण,स्थानीयबासिन्दासँग अन्तरक्रिया गर्ने,स्थानीय तहरुसँग उद्दार तथा राहत वितरणको बारेमा जानकारी लिनेछ ।

यसैगरी स्थानीय प्रशासनसँग पनि प‍ोखरेल नेतृत्वको टोलीले,उद्दार,राहात तथा पुनस्र्थापनाका बारेमा छलफल गर्ने आचार्यले जानकारी दिए । उनका अनुसार राहात र उद्दारमा खट्न पार्टी कार्यकर्तालाई परिचालन समेत गरिनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि

विपद्को सामना गर्न सबै एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमान्डौ,११ भदौ । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमान्डौ,११ भदौ ।काठमाडौं (भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको

बाढी–पहिरो प्रभावितका लागि एनआरएनएद्वारा ५ करोड सहयोगको घोषणा

काठमाडौं,११ भदौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए )ले पाँच करोड

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको व्यवस्था

काठमाडौं,११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ