एसियाली खेलकुद

नेपाली कराते टोलीको बिदाइ , विमानस्थलमा भीआईपी सुविधा

काठमाडौं ,१९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गर्नु भएको छ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेल सहित अन्य पदाधिकारीले कराते टोलीलाई बिदाइ गर्नु भएको छ। बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले देशको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा सहभागी हुन लागेका खेलाडीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गर्नु भएको छ ।उहाँले खेलाडीहरूबाट राज्यले ठूलो अपेक्षा राखेको भए पनि प्रतियोगिताको नतिजालाई लिएर अनावश्यक दबाब नलिन आग्रह गर्नु भएको छ ।

 

‘देशको झण्डाको प्रतिनिधित्व गर्दै खेल्न जानुभएको छ । त्यसका लागि सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नु भयो, ‘अहिले नतिजाको बारेमा नसोच्नुहोस्, आफ्नो तर्फबाट उत्कृष्ट खेल दिनुहोस् र त्यहाँबाट नयाँ अनुभव लिएर फर्कनुहोस् ।’मन्त्री पोखरेलले खेलाडीले प्रतियोगितामा हासिल गर्ने नतिजाका आधारमा राज्यको सम्मान र दृष्टिकोण परिवर्तन नहुने स्पष्ट पार्नु भयो। जित हासिल गर्दा मात्र स्वागत गर्ने र पराजित हुँदा बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।खेलाडीहरूले राज्यबाट ठूलो अपेक्षा नगरेको आफूले विभिन्न खेलाडीहरूसँगको अन्तरक्रियाबाट पाएको मन्त्री पोखरेलले बताउनु भयो । खेलाडीहरूले आफ्नो मेहनतको कदर र राज्यबाट सम्मानको अपेक्षा मात्र गर्ने गरेको उहाँको भनाइ थियो ।

 

खेलाडीको सम्मानका लागि सरकारले केही सुधारका काम अघि बढाएको उहाँले जानकारी दिनु भयो । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विमानस्थलमा ‘भीआईपी एक्सेस’ उपलब्ध गराउने व्यवस्था त्यसैको एउटा सुरुवात भएको उहाँले बताउनु भयो ।‘देशको प्रतिनिधित्व गर्दै जाने खेलाडीले पनि अन्य विशिष्ट व्यक्तिले जस्तै सम्मान पाउनुपर्छ । अहिलेसम्म खेलाडीहरू सामान्य यात्रुजस्तै लाइनमा बसेर आफ्नै सामान बोकेर जाने अवस्था थियो। त्यसलाई परिवर्तन गर्दै खेलाडीलाई भीआईपी प्रवेशको व्यवस्था गरेका हौँ,’ मन्त्री पोखरेलले भन्नु भयो ।उहाँले आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्न आफूहरू विमानस्थलमै पुग्ने प्रयास गर्ने पनि बताउनु भयो ।

 

मन्त्री पोखरेलले कराते टोलीलाई देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै भन्नु भयो, ‘देशको प्रतिनिधित्व गर्नुस्, आफ्नो उत्कृष्ट प्रदर्शन दिनुस् । नतिजा जे भए पनि तपाईंहरूप्रतिको हाम्रो सम्मान उस्तै रहनेछ । गो, गिभ योर बेस्ट । बेस्ट विशेज टु अल अफ यू ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल

पीडितको पहिचान र संवेदनशील दृश्य सार्वजनिक नगर्न सरकारको आग्रह

काठमाडौं,१९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको

नेपाली कराते टोलीको बिदाइ , विमानस्थलमा भीआईपी सुविधा

काठमाडौं ,१९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गर्नु भएको छ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय