भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा र मेडिकल जाँच उत्तीर्ण गरेका उनी वेटिङ लिस्टमा थिए । घरमा क्यान्सरबाट बिरामी आमाको उपचार गर्ने दायित्व उनीमाथि पनि थियो । भिसाको टुङ्गो नभएपछि उनी मामा सोमनाथ कट्टेलसँग मानसरोवर यात्रामा निस्किए ।सोमनाथ मानसरोवर यात्रा गराउने ‘सम्राट टुर एन्ड ट्राभल्स’का म्यानेजर हुन् । मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए ।तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि भने दुवै मामा-भाञ्जा बेपत्ता छन् ।

अनोजका काका राजन घिमिरेका अनुसार भौतिक शरीर नभेटिए पनि परिवारले जिउँदो भेट्ने आश मारिसकेको छ । शुक्रबार कुशको शव बनाएर अनोजको अन्त्येष्टि गरिएको छ । सोधीखोजी गर्दा अनोज सकुशल छन् भन्ने आशा बाँकी नरहेको काका राजनले बताए । ‘मामा–भाञ्जा सवार गाडीबाट कोही निस्कन पाएनन् रे ! बाढीमा परेको गाडीसमेत भेटिएको छैन,’ उनले भने, ‘पर्खँदा परिवारलाई धेरै पीडा भयो, फर्कने आश मरेपछि कुशको शव बनाएर आज अन्त्येष्टि गर्‍यौं ।’लक्ष्मीमार्गस्थित केसलिया घाटमा हिन्दू परम्पराअनुसार अनोजको अन्तिम संस्कार गरिएको छ । अनोजका मामा सोमनाथको पनि तीन दिनअघि मात्रै विराटनगरमा कुशकै शव बनाएर अन्त्येष्टि गरिएको थियो ।

मामा–भञ्जा बेपत्ता भएका कारण परिवार नै शोकमा रहेको अनोजका काका राजन बताउँछन् । उनका अनुसार अनोजका लागि कैलाश–मानसरोवरको यात्रा गाइडको जागिर मात्रै थिएन्, क्यान्सर रोगसँग लडिरहेकी आमा नैनकलाको उपचार खर्च जुटाउने दरिलो विकल्प थियो । ‘२२ दिनको यात्राबाट राम्रै आम्दानी हुन्छ होला भन्थ्यो । त्यसले आमाको उपचार खर्च पनि ठिकठाक जुट्छ भन्थ्यो । अहिले आफै रहेन,’ राजनले भने । अनोजका दाजु निजी स्कुलमा पढाउँछन् । त्यसले आमाको उपचारका लागि पर्याप्त रकम जुट्न कठिन हुन्छ । अनोजको यो अवस्थापछि परिवारमा अब बिरामी आमाको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । भदौ १० गतेको सोही विपद्मा परेर कोशी प्रदेशका १६० जना बेपत्ता छन् । मोरङबाट अनोज र उनका मामा सोमनाथसँगै १८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर