बाढी पीडीतमा समर्पीत रथयात्रा

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

 

दमक, २० भदौ । दमकमा आज १३औँ रथयात्रा सम्पन्न भएको छ। दमक–७ स्थित राधाकृष्ण मन्दिरअगाडि औपचारिक कार्यक्रम आयोजना गरी महाआरतीसहित स्वस्तिवाचन तथा श्रीकृष्ण रथयात्राको शुभारम्भ गरिएको थियो।

 

राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा दमक बजार, सुर्ती लाइन, हनुमान मन्दिर हुँदै लेखनाथ चोक, इलाका प्रहरी कार्यालय, थानारोड, गोल्डेनगेट, फर्निचर लाइन, देवकोटा चोक, पशुपति मन्दिर लाइन, शंखधर चोक र पुरानो सब्जी बजार हुँदै पूर्वतर्फ राधाकृष्ण मार्गमा पुगेपछि राधाकृष्ण मन्दिर परिसरमै पुगेर सर्जन गरिएको थियो।

 

रथयात्राका क्रममा विभिन्न जातजाति तथा समुदायको झाँकी, विभिन्न संघ–संस्थाका पहिचान झल्कने पहिरनसहितको सहभागिता देखिएको थियो। ठाउँ–ठाउँमा प्रसादी, पानी, सर्वत, मोही तथा मिठाई वितरण गरिएको थियो। रथ अघि बढ्दै गर्दा पछिपछि फोहोर व्यवस्थापनको कामसमेत भइरहेको थियो।

 

रथयात्राको सुरक्षाका लागि दमक नगर प्रहरी, इलाका प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। दमकमा रहेका विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थालाई समेत जिम्मेवारी दिइएको आयोजकले जनाएको छ।

 

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरू चाँडै सकुशल भेटिऊन् भन्ने कामनासहित प्रार्थना पनि गरिएको थियो।

 

त्यसैगरी आयोजकले पाँचवटा दानपेटिका राखेर सहयोग संकलन गरेको थियो। संकलित रकम बाढीपीडितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकारले तोकेको खातामा जम्मा गर्ने घोषणा गरिएको थियो।

 

दमकमा अमानवीय घटना, प्राकृतिक विपत्तिलगायतका घटना अन्त्य होऊन् भन्ने कामनासहित विगत १३ वर्षदेखि निरन्तर रथयात्रा आयोजना हुँदै आएको छ। यस वर्ष पनि सबै जाति, धर्म, समुदाय र वर्गको उल्लासपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अरबी हत्या प्रकरण : साढे दुई वर्षसम्म प्रहरीले किन लिएन जाहेरी?

काठमाडौं , भदौ २०। बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन् । शनिबार राजधानीमा पत्रकार

शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरण हुन सकेन, संस्थागत स्मृतिको अभाव : सुवेदी

काठमाडौं , भदौ २०। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभाव देखिएको बताउनुभएको छ ।सुवेदीद्वारा लिखित पुस्तक ‘शिक्षक

कर्मचारीतन्त्रलाई तर्साएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड

काठमाडौं , भदौ २०। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको