बाढी पीडीतमा समर्पीत रथयात्रा

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

 

दमक, २० भदौ । दमकमा आज १३औँ रथयात्रा सम्पन्न भएको छ। दमक–७ स्थित राधाकृष्ण मन्दिरअगाडि औपचारिक कार्यक्रम आयोजना गरी महाआरतीसहित स्वस्तिवाचन तथा श्रीकृष्ण रथयात्राको शुभारम्भ गरिएको थियो।

 

राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा दमक बजार, सुर्ती लाइन, हनुमान मन्दिर हुँदै लेखनाथ चोक, इलाका प्रहरी कार्यालय, थानारोड, गोल्डेनगेट, फर्निचर लाइन, देवकोटा चोक, पशुपति मन्दिर लाइन, शंखधर चोक र पुरानो सब्जी बजार हुँदै पूर्वतर्फ राधाकृष्ण मार्गमा पुगेपछि राधाकृष्ण मन्दिर परिसरमै पुगेर सर्जन गरिएको थियो।

 

रथयात्राका क्रममा विभिन्न जातजाति तथा समुदायको झाँकी, विभिन्न संघ–संस्थाका पहिचान झल्कने पहिरनसहितको सहभागिता देखिएको थियो। ठाउँ–ठाउँमा प्रसादी, पानी, सर्वत, मोही तथा मिठाई वितरण गरिएको थियो। रथ अघि बढ्दै गर्दा पछिपछि फोहोर व्यवस्थापनको कामसमेत भइरहेको थियो।

 

रथयात्राको सुरक्षाका लागि दमक नगर प्रहरी, इलाका प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। दमकमा रहेका विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थालाई समेत जिम्मेवारी दिइएको आयोजकले जनाएको छ।

 

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरू चाँडै सकुशल भेटिऊन् भन्ने कामनासहित प्रार्थना पनि गरिएको थियो।

 

त्यसैगरी आयोजकले पाँचवटा दानपेटिका राखेर सहयोग संकलन गरेको थियो। संकलित रकम बाढीपीडितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकारले तोकेको खातामा जम्मा गर्ने घोषणा गरिएको थियो।

 

दमकमा अमानवीय घटना, प्राकृतिक विपत्तिलगायतका घटना अन्त्य होऊन् भन्ने कामनासहित विगत १३ वर्षदेखि निरन्तर रथयात्रा आयोजना हुँदै आएको छ। यस वर्ष पनि सबै जाति, धर्म, समुदाय र वर्गको उल्लासपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर