उपभोक्ताको सुझाव र सरसल्लाहबाट वन व्यवस्थित बनाउने छु’ अध्यक्ष दंगाल

वनलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन सबै पदाधिकारी, सदस्य तथा उपभोक्ताबीच सहकार्य आवश्यक

दमक, २१ भदौ । हंसे दुम्से सामुदायिक वनलाई उपभोक्ता, पदाधिकारी र सदस्यहरूको सरसल्लाह तथा सुझावका आधारमा व्यवस्थित बनाउने नवनिर्वाचित अध्यक्ष योगराज दंगालले प्रतिबद्धता जनाउनुभएको छ।

 

अध्यक्षमा निर्वाचित भएपछि सन्देश जारी गर्दै दंगालले सामुदायिक वनको व्यवस्थापन तथा आगामी कार्यदिशाका विषयमा आम उपभोक्ताको सुझावलाई प्राथमिकता दिने बताउनुभएको हो।

 

उहाँले वनलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन सबै पदाधिकारी, सदस्य तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि निरन्तर सुझाव र सहयोगको अपेक्षा गर्नुभएको छ।

 

अध्यक्ष दंगालले आफूलाई अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित गराउने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।

यस्तै, निर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, नेपाल प्रहरीलगायत सम्बन्धित सबैलाई धन्यवाद दिँदै उहाँले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिनुभएको छ।

 

निर्वाचनका क्रममा सहयोग गर्ने साथीभाइ, आफन्त, इष्टमित्र तथा सञ्चारकर्मीहरूप्रति पनि अध्यक्ष दंगालले आभार व्यक्त गर्नुभएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध