झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा नं. ५ तल्लो चप्रामारीमा चेकजाँच गर्ने क्रममा प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको टोलीले कनकाई नगरपालिका वडा नं. ४ मनकामना टोल बस्ने ३२ वर्षीय रोशन चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनले प्रयोग गरेको लेडिज साइकलको सिटमुनन पाइपभित्र लुकाएर ल्याउँदै गरेको प्लास्टिकसहित १४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।साइकलसहित उनलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपश्चात् इलाका प्रहरी कार्यालय बिर्तामोडमा आवश्यक कानुनी कारबाहीका लागि पठाइएको छ ।









