ग्लोबल एकेडेमीमा उल्लासमय बाल दिवस : शिक्षक–अभिभावक सम्मानित

दमक,२६ भदौ । रङ्गीविरङ्गी पोशाकमा सजिएका नानीबाबुहरू, मौलिक धुनमा गुञ्जिएका सुमधुर गीतहरू र विद्यार्थी तथा शिक्षकहरूका मनमोहक नृत्य। राष्ट्रिय बाल दिवसको अवसरमा दमक–६ स्थित ग्लोबल एजुकेसनल एकेडेमीको प्राङ्गण दिनभर निकै उल्लासमय र आकर्षक देखिन्थ्यो। विद्यालयले बाल दिवसलाई केवल औपचारिकतामा मात्र सीमित नराखी भव्य सांस्कृतिक कार्यक्रम, शिक्षक–अभिभावक सम्मान तथा सामाजिक उत्तरदायित्वका साथ र्कायक्रम गरेको छ।
दुई सत्रमा व्यवस्थित रूपमा भएको उक्त कार्यक्रमको बिहानी सत्र दमक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यमा भएको थियो। त्यस्तै, दिवा सत्रकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा जिल्ला शिक्षा समन्वय एकाइ झापाका प्रमुख कुमार बस्नेत र प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष गौरीमान फागो उपस्थित हुनुहुन्थ्यो।

 

समारोहलाई सम्बोधन गर्दै उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बालबालिकालाई समय दिन र उनीहरूका भावना सुन्न अभिभावकहरूलाई आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, शिक्षक र अभिभावक मिलेर नानीबाबुहरूलाई व्यावहारिक ज्ञान, माया र हौसला दिनुपर्छ, जसले उनीहरूको चौतर्फी विकासमा सहयोग पु¥याउँछ।एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी जिल्लाकै अब्बल विद्यालय बन्न सफल भएकोमा प्रशंसा गर्दै विशिष्ट अतिथि तथा शिक्षा समन्वय एकाइ प्रमुख कुमार बस्नेतले बधाई ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सफलता दोहो¥याउन शुभकामना दिँदै बालबालिकालाई भविष्यमा सफल बनाउन अभिभावकको उत्प्रेरणा मुख्य रहने उल्लेख गर्नुभएको छ।

 

विद्यालय व्यवस्थापनका तर्फबाट प्रतिबद्धता जनाउँदै ग्लोबल एजुकेसनल एकेडेमीका संस्थापक खगेन्द्र भण्डारीले गुणस्तरीय शिक्षा र विद्यार्थीको समग्र प्रतिभा प्रस्फुटनका लागि व्यवस्थापन पक्ष सधैं दृढ रहने बताउनुभयो।विद्यालयका शिक्षक शंकर गौतमले विद्यालयले सुसंस्कार र सिपयुक्त शिक्षालाई मुख्य प्राथमिकतामा राखेर अघि बढेको धारणा व्यक्त गर्नुभएको छ। विद्ययार्थीलाई भविष्यमा सफल भएर अगाडी वढनको लागि विद्ययालयले सधै साथ दिने बताँउनु हुन्छ ।

 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले देश अहिले बाढीपहिरोको विपत्ति र शोकमा रहेको उल्लेख गर्दै पीडितहरूको घाउमा मलम लगाउन विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको तर्फबाट राहत कोषमा ३ लाख ७५ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिनुभयो। साथै उहाँले बदलिँदो समयअनुसार कक्षागत पाठ्यक्रम परिमार्जन गरिएको बताउँदै बालबालिकाको सुनौलो भविष्य निर्माणमा विद्यालय र अभिभावकको हातेमालो अपरिहार्य रहेको बताँउनु भयो।

 

अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त भव्य समारोहमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट योगदान पु¥याउने शिक्षक तथा अभिभावकहरूलाई मायाको चिनो र प्रशंसापत्रसहित सम्मान गरिएको थियो। विद्यार्थीको प्रतिभा, शिक्षा, संस्कार र सीपलाई सँगसँगै अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई थप आत्मीय बनाएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाममा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु

इलाम,२७ भदौ । इलाममा भएको अटो दुर्घटनामा आमा छोरीको मृत्यु भएको छ । हिजो शुक्रबार साँझ ५ बजे इलाम फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री

हर्मुज जलमार्ग सुरक्षित बनाउन खाडी मुलुकको बैठक ओमानमा बस्दै

काठमाडौं ,भदौ २७। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले

सांसद डा. कार्की र पूर्वमन्त्री पौड्यालद्वारा रसुवाका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं , भदौ २७। प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्की र पूर्वमन्त्री डा. विमला राई पौड्याललगायतको टोलीले रसुवाका बाढी प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्नुभएको

नेपाल–चीन सम्बन्धलाई व्यावहारिक सहकार्यमा बदल्न परराष्ट्रमन्त्रीको जोड

काठमाडौं ,२७ भदौ। परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त

विद्युत प्रसारणमा ‘खुला पहुँच’ कार्यान्वयनको प्रक्रिया तीव्र

काठमाडौं , भदौ २७। विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने प्रक्रिया विद्युत नियमन आयोगले तीव्र बनाएको छ । नेपालमा विद्युत बजारलाई प्रतिस्पर्धात्मक

लोकतन्त्र, नैतिकता र अध्यात्म : केवल शासन–पद्धति होइन, जीवन संस्कार

काठमाडौं , भदौ २७। लोकतन्त्र आधुनिक राजनीतिक व्यवस्थाको प्रमुख शासन–पद्धति भए पनि यसको प्रभावकारिता केवल संविधान, निर्वाचन, राजनीतिक दल र संस्थागत संरचनाको उपस्थितिबाट सुनिश्चित हुँदैन