मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ घरघरमा पु¥याउने भएको छ ।दशैँमा जमरा राख्न चाहने उपभोक्ताले मकै, जौ र गहुँ छुट्टाछुट्टै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले उद्योगले तीनै प्रकारका बीउलाई आवश्यक मात्रामा मिश्रण गरी प्याकेजिङ गरेर बिक्री गर्न लागेको हो । उद्योगले यस वर्ष २००, ४०० र ५०० ग्रामका प्याकेजमा जमराका लागि मिश्रित बीउ उपलब्ध गराउने जनाएको छ ।दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नकी सञ्चालिका बबिता तिम्सिनाले घरमा आफूअनुकूल समयमा जमरा उमार्न सकिने गरी बीउ तयार गरिएको बताउनुभयो । उहाँका अनुसार दशैँमा जमरा राख्ने परम्परालाई सहज बनाउँदै आवश्यक सामग्री एउटै प्याकेटमा उपलब्ध गराउने उद्देश्यले यस्तो तयारी गरिएको हो ।

“मकै, जौ र गहुँ खोज्दै विभिन्न ठाउँमा धाउनुपर्ने अवस्थाको अन्त्य गरी आवश्यक बीउ एउटै ठाउँमा उपलब्ध गराउन खोजेका हौँ,” तिम्सिनाले भन्नुभयो ।उद्योगले बुधबारदेखि जमराका लागि अग्रिम अर्डर लिनसमेत सुरु गरेको जनाएको छ । अग्रिम मागअनुसार उत्पादन तथा प्याकेजिङ गरी उपभोक्तासम्म पु¥याउने तयारी गरिएको उद्योगले जनाएको छ ।कमल–६ मा रहेको दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नले विभिन्न पूजा सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले स्थानीय उत्पादन तथा स्वदेशी सामग्रीलाई प्राथमिकता दिँदै पूजा संस्कृतिसँग जोडिएका सामग्रीको उत्पादनमा जोड दिएको जनाएको छ ।

यसैबीच उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेलले दिब्यदृष्टिको नाम र उत्पादनसँग मिल्दोजुल्दो सामग्री बजारमा आउन सक्ने भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गर्नुभएको छ ।उहाँका अनुसार दिब्यदृष्टिका उत्पादनजस्तै देखिने गरी बजारमा नक्कली उत्पादनसमेत आउन थालेको जानकारी प्राप्त भएकाले उपभोक्ताले उत्पादनको प्याकेजिङ, नाम र आधिकारिकता हेरेर मात्र खरिद गर्नुपर्ने अवस्था रहेको छ ।“दिब्यदृष्टिको नाममा झुक्याउने गरी उस्तै देखिने उत्पादन बजारमा आउन सक्ने भएकाले उपभोक्तालाई सचेत रहन आग्रह गर्दछौँ,” पोखरेलले भन्नुभयो ।दशैँ नजिकिँदै जाँदा जमरा राख्ने तयारी गर्ने परिवारको संख्या बढ्ने भएकाले यस वर्ष स्वदेशी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै सहज रूपमा जमराको बीउ उपलब्ध गराउने उद्योगको तयारी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।