ओडिसामा व्यापक असर ,७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी

काठमाडौँ,८ असोज। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ।

मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम(उत्तर(पश्चिम दिशातर्फ अघि बढेको थियो। यसले सेप्टेम्बर २३ राति ११ बजेदेखि असोज (८ गते (सेप्टेम्बर २४) राति १ बजेको बिचमा कलिंगपट्टनमको दक्षिण(पश्चिम तट पार गरेको छ।

चक्रवातको प्रभावका कारण धेरैजसो क्षेत्रमा भारी वर्षा हुनुका साथै ७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको छ। एनटीआर जिल्लाको विजयवाडामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। यसले गर्दा होचा भूभागहरू जलमग्न बनेका छन् भने सहरका धेरैजसो विद्यालयहरूमा लगातार दोस्रो दिन पनि बिदा घोषणा गरिएको छ।

ओडिसामा पनि यसको व्यापक असर देखिएको छ। त्यहाँ करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मलकानगिरीमा भारी वर्षाका कारण कयौँ पुलहरू बगेका छन् भने पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको छ।

राज्यका कम्तीमा ७ जिल्लामा विद्यालयहरू बन्द गरिनुका साथै सरकारी कर्मचारीहरूको बिदा रद्द गरिएको छ। परिस्थिति नियन्त्रणमा राख्न ११ जिल्लाका कलेक्टरहरूलाई राहत तथा उद्धारको तयारी पूर्ण राख्न निर्देशन दिइएको छ।

यसैबिच पश्चिम बङ्गालका केही भागमा पनि भारी वर्षाको अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै दार्जिलिङ र कलिम्पोङ क्षेत्रमा पहिरोको चेतावनी जारी गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसमा देउवा समूहको समानान्तर महाधिवेशन तयारी, ५५ जिल्लामा संयोजक तोकिए

काठमाडौं,८ असोज । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको

अपाङ्गता भएका व्यक्तिलाई इसेवाबाटै २ लाखसम्म कर्जा, यस्ता छन् सर्त

काठमाडौं,८ असोज । अब अपाङ्गता भएका व्यक्तिले बैंक धाउनुपर्ने झन्झटबिना इसेवा एपबाटै २ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले

ताप्लेजुङको दोभान बजारमा आगलागी , आगलागीको कारण र क्षतिको विवरण भने आउन बाकी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा

ओडिसामा व्यापक असर ,७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी

काठमाडौँ,८ असोज। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको

देशभर बाढीको जोखिम बढ्यो , प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं,८ असोज । लगातारको वर्षासँगै देशभरका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन कोशी, नारायणी, कर्णाली, महाकालीसहितका प्रमुख नदी

गति निकै कम भइसकेकाले ठूलो दुर्घटना हुन पाएन

डोल्पा,८ असोज । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गरेर पार्किङतर्फ जाने क्रममा पछाडिको दाहिने भागको एउटा चक्का छुट्टिएको छ। बिहीबार बिहान नेपालगन्जबाट ७