जेनजी थुनुवा अभिभावकद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,८ असोज । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्दा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा नगरे तिहार तथा छडपछि कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

संघर्ष समितिका संयोजक छत्रबहादुर कार्कीले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले उनै जेनजीलाई एक वर्षदेखि हिरासत राखेको भन्दै आक्रोश व्यक्त गरे ।

कार्कीले आफ्नो छोरा जस्तै २७ सय जनामध्ये ६७५ जना हिरासतमा रहेको र ६ सयजना धरौटीमा छुटेको जानकारी दिए । परिवर्तनका लागि राजनीतिक संघर्षमा सहभागि हुनेलाई मुद्दा नभई सम्मान गर्नुपर्ने उनको धारणा छ । ‘जेनजीका मुद्दाहरु खारेज गरी निसर्त रिहा गर्नुका साथै उनीहरुलाई सम्मान गर्नुपर्छ अन्यथा गलत नजिर बस्छ,’ कार्कीले भने ।

समितिका कास्की जिल्ला संयोजक खली थापा आफू स्वयम २१ दिन हिरासतमा बसेर २ लाख धरौटीमा छुटेको जानकारी दिए ।

उनले आफू परिवर्तनका लागि सडकमा निक्लेको भरमा आफूलाई जगन्य अपराधी जस्तै व्यवहार गरियोप्रति रोष व्यक्त गरे । ‘परिर्वनका लागि सडकमा पुगेको थिएँ, अभियुक्त जस्तै जेल लगियो, धरौटीमा छुटे तर आजसम्म पनि मुद्दा झेल्दै छु’ के हामीले यसैका लागि लडेका थियौं, थापाले प्रश्न गरे ।

कास्कीका विवेक नाल्मीका १३ वर्षको नाबालक छोरा १० महिनादेखि हिरासतमा रहेको जनाए । उनले कोही सरकारमा गएर शासन गर्ने र मेरो नाबालक छोरा जस्तै सयौं जेलमा राखेर भविष्य बर्बाद गर्ने विषयले निकै निराश बनाएको बताए ।

‘जसले संघर्ष गरे उनैको योगदानबाट सत्तामा पुग्नेहरुले उनैलाई अपराधी जस्तै गरिएको व्यवहार सह्य छैन, यदि यस्तै हो भने हरेक मन्त्रीदेखि सांसदसम्मको भिडियो सार्वजनि गर्न बाध्य हुनेछौं,’ नाल्मीले चेतावनी दिए ।

काठमाडौं बुढानिलकण्ठका रामलाल श्रेष्ठले आफ्नो छोरा सुसम श्रेष्ठ पनि ११ महिनादेखि थुनामा रहेको जानकारी दिए ।

काठमाडौकी दिलकुमारी श्रेष्ठले आफ्नो भाई राजेन्द्र श्रेष्ठ जो ८ महिना १५ दिन हिरासत बसेर १० लाख धरौटीमा छुटेको जानकारी दिइन् ।

कास्कीकी शान्ति शाहीका श्रीमान दिपु शाही ११ महिनादेखि हिरासतमा रहेको जनाउँदै तत्काल नछाडे संघर्ष गर्ने चेतावनी दिइन् ।

पर्साकी अन्जना श्रेष्ठले आफ्नो २० वर्षको छोरा करिब एक वर्षदेखि हिरासतमा रहेको बताउँदै, जेनजी आन्दोलनमा सहभागि भएकै कारण थुनिनु परेको सबैको मुद्दा खारेज गरि स–सम्मान रिहा गर्न माग गरिन् ।

ओखलढुङ्गाकी उमा खत्रीले २३ वर्षको छोरा, सिन्धुपालचोकका दावा लामाको भाई, कैलालीकी देवसरा भण्डारीको छारा अनुपम भण्डारी, दोलखाका पूर्ण तामाङका छोरा र कास्कीकी फूलमाय गुरुङका रुपेश थापामगर जेलमा रहेको बताउँदै उनीहरुले मुद्दा खारेज गरि निसर्त रिहाहीको माग गरे ।

सो कार्यक्रममा राष्ट्रिय जेनजी नागरिक अभियान संयोजक सुनिल सिंहले थुनुवा अभिभावकको माग र संघर्षमा साथ दिन प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा जोगबहादुर तामाङ, जर्मे शाही, नवराज गुरुङ, पूर्ण तामाङ, खुसी बम्जङ, रेनु खड्की, राजिव गुरुङ, बिना माल्ल, सोम गुरुङ, राजन श्रेष्ठ, दिपा नगरकोटी, नारायण श्रेष्ठ र भूपेन्द्र पौडेलगायतले आफ्ना आफन्त रिहा गर्न माग गरे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी थुनुवा अभिभावकद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,८ असोज । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्दा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं ,८ असोज। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय