विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता एमालेका आम कार्यकर्ताको भावना अनुसार : देवेन्द्र दाहाल

कमी–कमजोरी आत्मसात गर्ने

काठमाडौं | ८ असोज | नेकपा एमालेले पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी कार्यकर्ताको भावनाअनुसार सम्मानपूर्वक सम्बोधन गर्दै ‘वरिष्ठ सम्मानित नेता’को हैसियत प्रदान गरेको केन्द्रीय सदस्य देवेन्द्र दाहालले बताएका छन्।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले भण्डारीका सम्बन्धमा विपक्षी तथा पार्टीभित्रैका केही व्यक्तिले बढाइचढाइ गरेर उठाएको विषयलाई बैठकले पार्टीको आफ्नै भावना र मान्यताअनुसार सम्बोधन गरेको बताएका हुन्।

उनका अनुसार बैठकले नेतृत्व परिवर्तन, पुस्तान्तरण र पुनर्गठनजस्ता विषयमा उठेका विवादलाई तत्कालको बहसका रूपमा अघि नबढाई यस्ता विषय समयक्रममा हुने निष्कर्ष निकालेको छ। पार्टी पंक्ति अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता पनि बैठकले जनाएको दाहालले उल्लेख गरेका छन्।

तेस्रो बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको र त्यसको कार्यान्वयनका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको उनले बताएका छन्।

गत फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको निर्मम समीक्षा गर्दै सामूहिक जिम्मेवारी लिने, भएका कमी–कमजोरी आत्मसात गर्ने तथा जनतालाई कुन विषयबाट भ्रमित पारियो र मत प्रभावित गरियो भन्नेबारे गहिरो अध्ययन गर्ने निर्णय भएको पनि दाहालले बताएका छन्।

आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमालेको पक्षमा व्यापक मत र सिट हासिल गर्ने लक्ष्यसहित अहिलेदेखि नै तयारीमा जुट्ने निर्णय भएको उनको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाहले राष्ट्रसंघ महासभालाई भोली बिहान संवोधन गर्दै, प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौ | ८ असोज | प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपाली समय अनुसार भोलि बिहान ५:४५ मा न्यूयोर्कबाट सम्बोधन गर्नुहुने भएको छ। नेपालका

जेनजी थुनुवा अभिभावकद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,८ असोज । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्दा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं ,८ असोज। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको