प्रधानमन्त्री बालेन शाहले राष्ट्रसंघ महासभालाई भोली बिहान संवोधन गर्दै, प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौ | ८ असोज | प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपाली समय अनुसार भोलि बिहान ५:४५ मा न्यूयोर्कबाट सम्बोधन गर्नुहुने भएको छ।

नेपालका तर्फबाट प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम यसअघि नै तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहको सम्बोधन न्यूयोर्क समयअनुसार राति ८ बजे हुने अपेक्षा गरिएको छ। न्यूयोर्कमा अहिले डेलाइट सेभिङ टाइम लागू रहेकाले नेपाल न्यूयोर्कभन्दा ९ घण्टा ४५ मिनेट अगाडि छ। त्यसअनुसार प्रधानमन्त्री शाहको सम्बोधन नेपाली समयअनुसार शुक्रबार, असोज ९ गते बिहान ५ बजेर ४५ मिनेटमा सुरु हुने अपेक्षा गरिएको छ।

तर महासभामा सहभागी वक्ताहरूको क्रमअनुसार समय केही अगाडि वा पछाडि हुन सक्नेछ। त्यसैले नेपाली समय बिहान ५:४५ बजे आसपास सम्बोधन सुरु हुने बुझिएको छ।

प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, जलवायु न्याय तथा विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लगायतका विषय उठाउने अपेक्षा गरिएको छ।

हालैको भोटेकोशी बाढीबाट भएको क्षतिलाई समेत नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री शाहको सम्बोधन प्रत्यक्ष UN Web TV⁠ मार्फत हेर्न सकिने छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाहले राष्ट्रसंघ महासभालाई भोली बिहान संवोधन गर्दै, प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौ | ८ असोज | प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपाली समय अनुसार भोलि बिहान ५:४५ मा न्यूयोर्कबाट सम्बोधन गर्नुहुने भएको छ। नेपालका

जेनजी थुनुवा अभिभावकद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,८ असोज । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्दा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं ,८ असोज। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको