भोटेकोशी बाढी ,ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता

भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । बाढीमा परी ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता भएका छन् । सयौँको सङ्ख्यामा अभिभावक गुमाएपछि धेरै बालबालिका विचल्लीमा परेका छन् । बाढीपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० का अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९ जना, मोडर्न ट्रिनिटी बोर्डिङ स्कूलका १० जना र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ जना विद्यार्थी बेपत्ता भएका छन् । बाढीकै कारण २०१ जना अभिभावकसमेत बेपत्ता छन् । प्याब्सनको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बोर्डिङका ४६ जना, हाइल्याण्ड आवासीय माविका ४२ जना, नमूना एभरग्रिनका ४१ जना, मोडर्न ट्रिनिटीका ३३ जना, ग्रीनगार्डनका २५ जना, नर्थपोलका नौ जना र हिमालयनका पाँच जना विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन् ।

आफ्ना आमाबुबा तथा अभिभावक गुमाएपछि ती स्कुले बालबालिकाको पठनपाठन अन्योलमा परेको छ । आश्रय र संरक्षणको अभावमा सयौँ बालबालिका हाल गम्भीर मानसिक तथा भौतिक सङ्कट व्यहोर्नु परेको छ । बाढीले विभिन्न भौतिक संरचनासहित शैक्षिक संस्थामा पनि क्षति पुगेको छ । बाढीकै कारण मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका बेपत्ता भएका छन् ।

प्याब्सन रसुवाका अध्यक्ष लामा भन्छन्, “विद्यालय छात्रावासमा रहेका अभिभावक विहीन विद्यार्थीको खानपान तथा विद्यालय तत्काल सञ्चालनमा ल्याइ आवश्यक खाद्यान्नसहितका सामग्री उपलब्ध गराइएको छ ।”

जिल्लाका संस्थागत सात विद्यालयमध्ये पाँच वटा विद्यालय पुनः सञ्चालनमा आइसकेका छन् । ठूलो क्षति ब्यहोर्न परेका दुई विद्यालय पनि केही समयमै सञ्चालनमा ल्याउने आवश्यक तयारी भइरहेको जनाइएको छ ।

प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्याब्सन रसुवाले थप सहयोगका सबैसँग अपिल गरेको छ । केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढीप्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन विभिन्न पहल र कोसिस भइरहेको जानकारी दिइएको छ ।रासस

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वर्णलक्ष्मी सहकारीको बचत १ अर्ब १५ करोड पुर्‍याउने लक्ष्य, लगानी र असुलीमाको लक्ष्य चाहि कस्तो ?

बचतलाई चालू आर्थिक वर्ष २०८३/८४ मा बढाएर १ अर्ब १५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य

बाढी–पहिरोले देशभरका राजमार्ग ठप्प, रातको यात्रामा कडा प्रतिबन्ध

काठमाडौं ,९ असोज। अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार उपत्यकासहित कोशी,

स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन र कानुन संशोधन गर्न सांसदहरूसँग फार्मेसी संघको छलफल

काठमाडौं , असोज ९। नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा

खोलामा पानीको बहाव बढेपछि एमाले कार्यालय च्यासल पुगे गृहमन्त्री

काठमाडौं , असोज ९। खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको स्थलगत अवलोकन गर्नुभएको छ । निरन्तर वर्षाका कारण

मधेसमा नयाँ राजनीतिक अभियान ‘हुङ्कार मधेस’को उदय, युवा नेतृत्वमा नयाँ शक्ति निर्माणको घोषणा

काठमाडौं,९ असोज । मधेसमा नयाँ राजनीतिक शक्ति निर्माणको अभियान सुरु भएको छ। ‘हुङ्कार मधेस’ नामक नयाँ राजनीतिक अभियानले अवधारणा पत्र र केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक