स्वर्णलक्ष्मी सहकारीको बचत १ अर्ब १५ करोड पुर्‍याउने लक्ष्य, लगानी र असुलीमाको लक्ष्य चाहि कस्तो ?

बचतलाई चालू आर्थिक वर्ष २०८३/८४ मा बढाएर १ अर्ब १५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य

दमक, ९ असोज । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षमा बचतलाई १ अर्ब १५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ।

 

संस्थाको १७औँ वार्षिक साधारणसभामा अध्यक्ष बुद्धिसागर बराल ‘बिमल’ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा संस्थाको हालको बचत ९३ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ। उक्त बचतलाई चालू आर्थिक वर्ष २०८३/८४ मा बढाएर १ अर्ब १५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ।

 

त्यसैगरी, संस्थाले हाल ९६ करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ। लगानीको रकम बढाएर १ अर्ब २६ करोड रुपैयाँ पुर्‍याउने योजना रहेको अध्यक्ष बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ।

 

संस्थाको शेयर पुँजी हाल १० करोड ९३ लाख रुपैयाँ रहेकोमा यसलाई वृद्धि गरी १३ करोड रुपैयाँ पुर्‍याउने लक्ष्यसमेत राखिएको छ।

 

संस्थाले गरेको लगानीको असुलीलाई प्रभावकारी बनाउन नेपालमा विद्यमान कानुनी प्रावधानको अक्षरशः पालना गर्ने जनाएको छ। ऋण असुलीलाई प्रभावकारी बनाउन कर्मचारीसहित सञ्चालकहरूको विशेष समिति परिचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ।

 

साधारणसभाका क्रममा संस्थाले उत्कृष्ट कर्मचारी, पूर्वसञ्चालक, उत्कृष्ट बचतकर्ता तथा कारोबारीलाई सम्मानसमेत गरेको छ।

 

सोही क्रममा दमकका सक्रिय युवा पत्रकार सुजन गौतमलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा