स्वर्णलक्ष्मी सहकारीको बचत १ अर्ब १५ करोड पुर्‍याउने लक्ष्य, लगानी र असुलीमाको लक्ष्य चाहि कस्तो ?

बचतलाई चालू आर्थिक वर्ष २०८३/८४ मा बढाएर १ अर्ब १५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य

दमक, ९ असोज । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षमा बचतलाई १ अर्ब १५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ।

 

संस्थाको १७औँ वार्षिक साधारणसभामा अध्यक्ष बुद्धिसागर बराल ‘बिमल’ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा संस्थाको हालको बचत ९३ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ। उक्त बचतलाई चालू आर्थिक वर्ष २०८३/८४ मा बढाएर १ अर्ब १५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ।

 

त्यसैगरी, संस्थाले हाल ९६ करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ। लगानीको रकम बढाएर १ अर्ब २६ करोड रुपैयाँ पुर्‍याउने योजना रहेको अध्यक्ष बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ।

 

संस्थाको शेयर पुँजी हाल १० करोड ९३ लाख रुपैयाँ रहेकोमा यसलाई वृद्धि गरी १३ करोड रुपैयाँ पुर्‍याउने लक्ष्यसमेत राखिएको छ।

 

संस्थाले गरेको लगानीको असुलीलाई प्रभावकारी बनाउन नेपालमा विद्यमान कानुनी प्रावधानको अक्षरशः पालना गर्ने जनाएको छ। ऋण असुलीलाई प्रभावकारी बनाउन कर्मचारीसहित सञ्चालकहरूको विशेष समिति परिचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ।

 

साधारणसभाका क्रममा संस्थाले उत्कृष्ट कर्मचारी, पूर्वसञ्चालक, उत्कृष्ट बचतकर्ता तथा कारोबारीलाई सम्मानसमेत गरेको छ।

 

सोही क्रममा दमकका सक्रिय युवा पत्रकार सुजन गौतमलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच

राष्ट्रसंघमा प्रधानमन्त्रीले उठाएको ‘हिमालयन सुनामी’को मुद्दा स्वागतयोग्य : प्रजिता कार्की

काठमाडौं , असोज ९। जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा क्रियाशील संस्था ‘साथसाथै फाउन्डेसन’की अध्यक्ष प्रजिता कार्कीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले उठाउनु