बाढी–पहिरोले देशभरका राजमार्ग ठप्प, रातको यात्रामा कडा प्रतिबन्ध

काठमाडौं ,९ असोज। अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्।

शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले प्रमुख राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाएका छन्।
बागमती प्रदेशमा कान्ति लोकपथ, बीपी राजमार्ग, नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग र त्रिभुवन राजपथका विभिन्न खण्डमा बाढी तथा पहिरोले यातायात प्रभावित भएको छ। ललितपुरको भटेडाँडा र गोदावरीको बर्खेधारामा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा बन्द छ भने काभ्रेको रोशी गाउँपालिका–किम्तिबेँसीमा पहिरो गएपछि बीपी राजमार्ग पनि अवरुद्ध छ।

नारायणगढ–मुग्लिन सडकमा अर्को सूचना नभएसम्म रातको समयमा आवागमन बन्द गरिएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र सञ्चालनमा छन्। धादिङको बेनीघाट र कृष्णभिरमा पहिरो जाँदा राजमार्ग प्रभावित भएको छ। रसुवाका मुख्य सडकसमेत पूर्ण रूपमा बन्द छन्।

कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि सडक सञ्जालमा ठूलो असर परेको छ। पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीले तमोर कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। ओखलढुङ्गाको भँडारे खोलामा बाढी आउँदा सिद्धिचरण लोकमार्गमा यातायात सञ्चालन हुन सकेको छैन।
सोलुखुम्बुमा जोखिमलाई मध्यनजर गर्दै असोज १२ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन र पैदल यात्रासमेत रोक लगाइएको छ। भोजपुरको मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा पनि रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

गण्डकी प्रदेशमा मनाङको चामे–बेँसीसहर सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। बेँसीसहर–खाङ्सार सडकमा पनि असोज १२ गतेसम्म राति ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। कास्कीका ग्रामीण सडकमा समेत असोज ११ गतेसम्म रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएको छ।

लगातारको वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक रातको समयमा लामो दूरीको यात्रा नगर्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क