महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा

हेटौँडा,९ असोज । अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ।

पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । सडकको अवस्था बुझेर तथा सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० श्यामबहादुर खत्री तथा ट्राफिक प्रहरी निरीक्षक राजु विष्ट सहितको टोली घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता मदनकुमार काफ्लेले प्रहरी टोली घटनास्थलमा पुगेर सडकको अवस्थाबारे जानकारी लिइरहेको बताएका छन्।

अविरल वर्षाका कारण पहिरो खस्ने जोखिम कायमै रहेकाले मकवानपुर–महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वर्णलक्ष्मी सहकारीको बचत १ अर्ब १५ करोड पुर्‍याउने लक्ष्य, लगानी र असुलीमाको लक्ष्य चाहि कस्तो ?

बचतलाई चालू आर्थिक वर्ष २०८३/८४ मा बढाएर १ अर्ब १५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य

बाढी–पहिरोले देशभरका राजमार्ग ठप्प, रातको यात्रामा कडा प्रतिबन्ध

काठमाडौं ,९ असोज। अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार उपत्यकासहित कोशी,

स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन र कानुन संशोधन गर्न सांसदहरूसँग फार्मेसी संघको छलफल

काठमाडौं , असोज ९। नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा

खोलामा पानीको बहाव बढेपछि एमाले कार्यालय च्यासल पुगे गृहमन्त्री

काठमाडौं , असोज ९। खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको स्थलगत अवलोकन गर्नुभएको छ । निरन्तर वर्षाका कारण

मधेसमा नयाँ राजनीतिक अभियान ‘हुङ्कार मधेस’को उदय, युवा नेतृत्वमा नयाँ शक्ति निर्माणको घोषणा

काठमाडौं,९ असोज । मधेसमा नयाँ राजनीतिक शक्ति निर्माणको अभियान सुरु भएको छ। ‘हुङ्कार मधेस’ नामक नयाँ राजनीतिक अभियानले अवधारणा पत्र र केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक