अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ निष्क्रिय भएपछि त्यसबाट प्रभावित भएका ऐनहरूलाई पुनः क्रियाशील बनाउन नयाँ विधेयक संसद्‌मा दर्ता गराएको छ।प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट संघीय संसद् सचिवालयमा दर्ता गरिएको ‘केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले अध्यादेश खारेजीका कारण प्रभावित भएका कानुनहरूलाई साबिककै अवस्थामा फर्काउन खोजेको हो।गत २०८३ वैशाख १९ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ संविधानको धारा ११४ अनुसार हाल निष्क्रिय भएको छ । उक्त अध्यादेशले विभिन्न ८५ वटा ऐनहरूमा संशोधन वा खारेजीको व्यवस्था गरेको थियो ।अध्यादेश स्वतः निष्क्रिय भएपछि ती ऐनहरूमा भएको कानुनी शून्यतालाई अन्त्य गर्दै अध्यादेश जारी हुनुपूर्व कायम रहेका साबिकका व्यवस्थाहरूलाई नै पुनः कानुनी मान्यता दिनु यो विधेयकको मुख्य उद्देश्य रहेको प्रधानमन्त्री शाहले विधेयकको टिप्पणीमा लेखेका छन् ।

विधेयकले नेपाल वायुसेवा निगम ऐन, राष्ट्रिय समाचार समिति ऐन, नेपाल विद्युत् प्राधिकरण ऐन, खानेपानी संस्थान ऐन, दूरसञ्चार ऐन, सहकारी ऐन, श्रम ऐन, स्वास्थ्य बिमा ऐन लगायतका ८५ वटा ऐनहरूको साबिकको कानुनी व्यवस्थालाई स्वतः जागृत गराउने प्रस्ताव गरेको छ।विधेयकमा उल्लेख भएअनुसार, अध्यादेशले संशोधन वा खारेज गरेका यी कानुनहरूमा अध्यादेश निष्क्रिय भएको मितिबाटै साबिककै व्यवस्थाहरू स्वतः लागू हुनेछन्।सरकारले यो विधेयक केवल निष्क्रिय भइसकेको अध्यादेशका कारण सिर्जित कानुनी अन्योल हटाउन ल्याइएको स्पष्ट पारेको छ।  ‘आर्थिक टिप्पणी’ मा उल्लेख भएअनुसार, साबिककै कानुनी व्यवस्थालाई निरन्तरता दिने भएकाले यो विधेयकले राज्यलाई कुनै थप आर्थिक भार पार्ने छैन।अध्यादेश निष्क्रिय भएपछि ती ऐनहरूअन्तर्गतका संस्था वा निकायहरूको सञ्चालन प्रक्रियामा अन्योल सिर्जना भएको थियो । विधेयकले कुनै पनि प्रत्यायोजित व्यवस्थापनको आवश्यकता नरहेको जनाउँदै पुराना ऐनहरूलाई नै आधार मानेर कामकाज सुचारु गर्न बाटो खोलेको छ।यो विधेयक पारित भएसँगै अध्यादेशको छायाबाट मुक्त हुँदै सम्बन्धित ८५ वटा ऐनहरूले आफ्नो पूर्ववत् कानुनी हैसियत कायम राख्नेछन्।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच