१५औँ महाधिवेशन व्यवस्थित बनाउन कांग्रेसद्वारा विभिन्न समिति गठन, सभापतिकै नेतृत्वमा निर्देशन समिति

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन प्रक्रिया व्यवस्थित गर्न तथा विभिन्न समितिबीच समन्वय र सहजीकरणका लागि समितिहरू गठन गरिएको हो ।नेपाली कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशन व्यवस्थापनका क्रममा आवश्यक निर्णय लिन, विभिन्न समितिहरूको कामको समन्वय गर्न तथा तोकिएको जिम्मेवारीअनुसार काम भए–नभएको सुनिश्चित गर्न १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ। समितिको संयोजकमा सभापति गगनकुमार थापा रहेका छन् ।निर्देशन समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य छन् । प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्य सचिव तोकिएका छन् ।

यसैगरी महाधिवेशनका लागि आर्थिक व्यवस्थापन, सूचना, सञ्चार तथा प्रविधि, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय, अतिथि स्वागत, समारोह स्थल व्यवस्थापन, प्रदेश तथा स्थानीय तहगत समन्वय, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय, स्वयंसेवक व्यवस्थापन, भोजन व्यवस्थापन, आवास व्यवस्थापन, स्वास्थ्य, यातायात व्यवस्थापन तथा सांस्कृतिक–साहित्यिक संयोजन समिति गठन गरिएको छ ।आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ तोकिएका छन्। सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे तथा सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा रहेका छन् ।त्यस्तै, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त, महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा तोकिएका छन् ।

ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामा तथा भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट रहेका छन् ।आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला र स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी तोकिएका छन् । यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङलाई जिम्मेवारी दिइएको छ ।यसैगरी कांग्रेसले विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप सदस्यका रूपमा मनोनयन गरेको छ ।कांग्रेसका अनुसार यसअघि केन्द्रीय कार्यसमितिको भदौ १ गते सम्पन्न बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो । नयाँ समितिहरूले महाधिवेशनको व्यवस्थापन तथा समन्वयसम्बन्धी जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।