पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको बहाव एक्कासि बढेर बस्तीतर्फ सोझिएपछि ठूलो क्षति भएको हो ।

नेपाल प्रहरीका अनुसार करिब ८० घरधुरी रहेको उक्त बस्तीका २५ घर बाढीले बगाएको छ भने बाँकी घरहरू पनि उच्च जोखिममा परेका छन् । समयमै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले कुनै मानवीय क्षति भने हुन पाएन ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ । घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । बाढीबाट भएको थप क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको