दुवै समूहले निर्वाचन निर्देशिकामार्फत शुल्क निर्धारण

काठमान्डौ,१२ असोज । नेपाली कांग्रेसमा समानान्तर रूपमा दुई महाधिवेशन हुँदैछन् । संस्थापनले १५औँ महाधिवेशन यही असोज १६ गते उद्घाटन गर्दैछ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले भने मंसिर २१ गतेदेखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्दैछन् ।

दुवै समूहले महाधिवेशनमा उम्मेदवार बन्नका लागि शुल्क तोकेका छन् । त्यो शुल्क संस्थापनको भन्दा देउवा समूहको सस्तो छ । दुवै समूहले निर्वाचन निर्देशिकामार्फत शुल्क तोकेका हुन् ।

संस्थापनले केन्द्रीय सभापतिको उम्मेदवार बन्नका लागि ४० हजार रुपैयाँ शुल्क तोकेको छ । देउवा समूहले त्यो भन्दा १० हजार कम ३० हजार रुपैयाँ मात्र शुल्क तोकेको छ।

उपसभापति र महामन्त्रीमा उम्मेदवार बन्न संस्थापनले ३० हजार रुपैयाँ तोक्दा देउवा समूहले २५ हजार रुपैयाँ निर्धारण गरेको छ।

केन्द्रीय सदस्यमा उम्मेदवार बन्न संस्थापनले ११ हजार शुल्क तोक्दा देउवा समूहले १० हजार रुपैयाँ निर्धारण गरेको छ ।

सहमहामन्त्रीमा उम्मेदवार बन्न भने दुवै समूहले २० हजार रुपैयाँ नै शुल्क तोकेका छन् । जिल्ला र स्थानीय तहमा पनि दुई समूहको शुल्क पनि संस्थापनको भन्दा देउवा समूहको सस्तो देखिन्छ ।

प्रदेश सभापतिका लागि संस्थापनले २० हजार र देउवा समूहले १० हजार शुल्क तोकेका छन् । जिल्ला सभापतिमा संस्थापनले १५ हजार र देउवा समूहले ५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा संस्थापनले १० हजार लिँदा देउवा समूहले ३,५०० रुपैयाँ तोकेको छ।

स्थानीय तहमा पनि संस्थापनको भन्दा देउवा समूहको सस्तो छ । वडा सभापति बन्न संस्थापनले १,००० रुपैयाँ लिँदा देउवा समूहले २५० रुपैयाँ, महानगर र उपमहानगर सभापतिका लागि संस्थापनले ७,००० रुपैयाँ तोक्दा देउवा समूहले २,५०० रुपैयाँ निर्धारण गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास